बि स २०३२ साल भदौ ७ गते विराटनगरको कहेली टोल वडा नम्बर ५ मा जन्मेकी हाँस्य कलाकार तथा निर्देशक दिपा श्री निरौला आज आफ्नो ४१ औँ जन्मदिन मनाउँदैछिन् । पिता तुल्सी प्रसाद निरौला र आमा गीता देवीको सुपुत्रीको रुपमा जन्मेकी दिपा अहिले भने देश देखि बिदेशका धेरै बृद्धाबृद्याकी छोरी र धेरैकी दिदी बहिनी बनिसकेकी छिन् । वि. स २०४७ सालमा टि भि सिरियल अग्नीपथबाट उनले अभिनयमा कदम राखेकी हुन् ।
↧
आज दीपाश्री निरौलाको जन्मदिन/ हेनुहोस्- उनका पुराना तस्विरहरु !!
↧
२८ बर्षिय एकल महिला को बिचल्ली, भक्कानो छोडेर रुन्छिन गुल्मीकी गीता ||
गिता लाई जुन किसिम को दुख परेको छ उहाँ लाई लाई र उहाका दुइजना कलिला दुई बालक छोरा हरु लाई हामी सबै देश बिदेश का नेपाली हरु मिलेर सक्दो सहयोग गर्नु पर्छ .।स्थानीय बासिन्दा हरु ले घरमा पर पुरुष छैनन भन्दैमा र दलित भन्दै मा अपहेलना गर्ने नगर्नु होला किन भने आज को यो समय मा पनि धेरै गाउँ ठाउँ मा यो प्रचलन धेरै रहेको पाइन्छ ।।।।संचार कर्मी रबिलाल पौडेल र अन्य सह्योगी संस्था हरु यो खबर सबै माझ पुर्याउनु हुन अनुरोध गर्द्छु ।
↧
↧
तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु
पाँचथर, ७ भदौ । बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा आज एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबाँस जातको तामाको अचार खाँदा उनीहरु बिरामी भएका थिए ।
उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । तर स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिP । अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदै गरेको प्रहरीले जनाएको छ । रासस

रिडी गुल्मीमा पनि आज यसरी लाखे नाचे छ.. हेर्नुहोस भिडियो
↧
आजको कानितपुर समाचार : 23 August 2016
↧
↧
पूर्वराष्ट्रपति यादवलाई अमेरिकाबाट चिठ्ठी !! महामयिम ज्यू, उरुग्वेका राष्ट्रपतिबाट केहि सिक्नुस् ।
↧
जोया..जोया ..जोया ! जीवन थापा माथि लगाईएको र फैलाईएको सबै समाचार झुट - जीवन र जीवनको आमा
↧
राष्ट्रिय लज्जा ! नेपालले तय गर्नु पर्ने प्रधानमन्त्री दाहालको भ्रमण तालिका दिल्लीले तय गर्यो किन !
नेपालमाथि सिधै भारतीय कुटनैतिक हस्तक्षेपको नाङ्गो नमुना !
परराष्ट्र मामिलाका जानकारहरुका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको तिथिमिति तय गर्ने र कार्यतालिका बनाउने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो । तर, यसपटक दिल्लीबाटै प्रधानमन्त्री प्रचण्डको भ्रमणको मिति र तालिका सार्वजनिक भयो ।
प्रधानमन्त्रीको विशेष दूतका रुपमा दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय अधिकारीहरुसँग कुरा गरेर उतैबाट दुई देशका प्रधानमन्त्रीको वार्ता हुने मिति नै सार्वजनिक गरिदिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय भने यसबारे अझैसम्म बेखबर छ ।
देशको प्रधानमन्त्रीको भ्रमणतालिका अर्को देशबाट तय हुनु नेपालको राष्ट्रिय स्वाभिमान र कुटनीतिका लागि दुर्भाग्यपूर्ण रहेको परराष्ट्रका उच्च अधिकारी तथा विदेश मामिला जानकारहरुले टिप्पणी गरेका छन् । ‘योभन्दा लज्जाको विषय अरु के होला ?’ एक पूर्वपरराष्ट्र सचिवले अनलाइनखबरसँग भने ।
यद्यपि सरकारका एक मन्त्रीले भने उपप्रधानमन्त्री निधी ‘एम्बासडर एट लार्ज’ भएकाले भ्रमणको मिति उनैले तय गर्ने अधिकार रहेको बताएका छन् ।
दिल्ली भ्रमणमा रहेका मन्त्री निधीले प्रधानमन्त्रीको भारत भ्रमण भदौ २९ देखि असोज १ गतेसम्म तय भएको र भदौ ३० गते नेपाल र भारतका प्रधानमन्त्रीबीच द्वीपक्षीय भेटवार्ता हुने दिल्लीबाटै बताएका थिए ।
यो तालिकाबारे प्रधानमन्त्री कार्यालयले अहिलेसम्म औपचारिकरुपमा केही बताएको छैन । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले आफूले सुने पनि आधिकारिकरुपमा खबर नआएको बताए ।
त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि काम भइरहे पनि तिथिमिति भने अझै तय नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले अनलाइनखरसँग भने- ‘प्रधानमन्त्रीज्यूको भ्रमणको वर्कआउट भइरहेको छ, तर टुंगो लागेको छैन ।’
पूर्वपरराष्ट्रमन्त्री भन्छन्-राष्ट्रिय लज्जा !
‘हामीले यो मिति भ्रमणका लागि उपयुक्त हुन्छ भनेर विशेष दूतमार्फत खबर पठाएका हौं-सरकारका प्रवक्ता
भ्रमणका बारेमा काठमाडौंमा सरकारी निकायले काम शुरु नगर्दै दिल्लीमा कसरी भ्रमणको तालिका तय भयो ? यो प्रश्नले उच्च सरकारी अधिकारीहरुलाई आश्चर्यमा पारेको छ । प्रधानमन्त्री कार्यालयमा समेत कसरी भ्रमण तालिका दिल्लीमा बन्यो र उतैबाट सार्वजनिक भयो भन्दै खैलाबैला मच्चिएको छ ।
परपराष्ट्र मामिलाका जानकार मानिने पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले दुई देशका विदेश मन्त्रालय र राजदूतावासहरुको द्वीपक्षीय सल्लाहमा तय हुनुपर्ने प्रधानमन्त्रीको भ्रमण अर्कै देशमा तय हुनु लज्जाजनक रहेको बताए । डा. लोहनीले भने- ‘अहिले दिल्लीमा हाम्रो राजदूत हुनुहुन्न, दुई देशका दूतावासहरुबीच आपसी समझदारीबाट भ्रमणको तालिका तय हुनुपर्ने हो, अहिले मन्त्री उता गएर तय हुनु भनेको लाज ढाक्ने उपाय हो कि ? जे गरे पनि हुन थाल्यो ।’
सरकारको काम गराइको खरो आलोचना गर्ने डा. लोहनी प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनको एक घटक राप्रपाका नेतासमेत हुन् ।
त्यसैगरी विपक्षी दल नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि लोहनीले जस्तै प्रधानमन्त्रीको भ्रमणतालिका दिल्लीले तय गरेको भन्दै आपत्ति जनाएका छन् ।
त्यसैगरी विपक्षी दल नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि लोहनीले जस्तै प्रधानमन्त्रीको भ्रमणतालिका दिल्लीले तय गरेको भन्दै आपत्ति जनाएका छन् ।
पाण्डेले अनलाइनखबरसँग भने- ‘हाम्रो देशको प्रधानमन्त्रीको भ्रमणतालिका परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रुपमा नेपाल सरकारबाट तय हुनुपर्नेमा साउथ ब्लकले तय गर्नु भनेको राष्ट्रिय स्वाभिमान समाप्त गर्न लागिएको प्रमाण हो । परराष्ट्र मन्त्रालयलाई थाहै नदिई साउथ ब्लकमा भ्रमणतालिका बन्नुले राष्ट्रघातको गन्ध आइसकेको छ ।’
मन्त्री कार्की भन्छन्- विमलेन्द्र ‘एम्बासडर एट लार्ज’ हुन्
यसैवीच सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले अनलाइनखबरसँग कुरा गर्दै भारत भ्रमणको मिति तोक्ने अधिकार विशेष दूतलाई रहेको स्पष्टीकरण दिएका छन् ।
‘हामीले यो मिति भ्रमणका लागि उपयुक्त हुन्छ भनेर विशेष दूतमार्फत खबर पठाएका हौं,’ मन्त्री कार्कीले अनलाइनखबरसँग भने ।
भारतमा राजदूत नभएको अवस्थामा ‘एम्बासडर एट लार्ज’ का रुपमा पठाइएका प्रधानमन्त्रीका प्रतिनिधि विमलेन्द्र निधीले यो मितिको प्रस्ताव गरेको र उताबाट त्यसमा सहमति जनाइनु कूटनीतिक मामिलामा सामान्य विषय भएको मन्त्री कार्कीले बताए ।

प्रधानमन्त्रीको प्रस्ताव लिएर विदेश गएका ‘एम्बासडर एट लार्ज’ले भ्रमणको मिति तय गर्न सक्ने मन्त्री कार्कीले बताए । विदेशमा पनि कूटनीतिको क्षेत्रमा त्यस्तो प्रचलन रहेको उनले दाबी गरे ।
यसैवीच सत्तारुढ माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने- ‘पूर्वमन्त्रीद्वय डा. लोहनी र पाण्डे कूटनीतिक मामिलाका जानकार होइनन्, त्यसैले उनीहरुलाई यसमा आश्चर्य लाग्नु स्वाभाविकै हो ।’
अनलाइनखबरबाट
↧
‘अस्ट्रेलियामा करिस्मा मानन्धर को दमदार प्रस्तुति ‘
↧
↧
बुधबार ८ भदौ / अगस्ट २४ को राशिफल सबैको दिन शुभ मंगल रहोस
वि.सं. २०७३ साल भदौ ८ गते। बुधबार। इश्वी सन् २०१६ अगस्ट २४ तारिख। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
Ariesपहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
Taurusसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आकस्मिक समस्याले खर्च गराउला। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
Geminiविभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
Cancerआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
Leoआँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरू जुट्नाले आंशिक सफलता मिल्नेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। चुनौती देखिए पनि मेहनतले सकारात्मक नतिजा दिलाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
Virgoअरूका काममा समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
Libraरमाइलो क्षणमा अचानक पनि अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। वादविवादमा परिनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। बाध्यताका काममा अलमलिनुपर्ला। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
Scorpioप्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन लाभ हुने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
Sagittariusअध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। सुखद समाचारले दिन उत्साहपूर्ण रहला। स्वास्थ्य अलि कमजोर रहे पनि आँटेको काममा फाइदै हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
Capricornआफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
Aquariusमेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापारमा मनग्य धनलाभ हुनेछ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
Piscesअरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ।
साभार – नेपालीपात्रो डटकम

शारीरिक सम्बन्ध राख्दै गर्दा कतारकी राजकुमारी रंगे हात पक्राउ परेपछि…
लण्डन / कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटेलमा ७ जनासंग शारीरिक संबंध राख्दै गर्दा रंगे हात पक्राउ परेकी छिन् । लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दुतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर अखवारले रकम अस्विकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ । ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई रंगे हात भेटेको जनाईएको छ। राजकुमारीले आफ्नो उदेश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् ।
तर सुरक्षाकर्मिले आपराधिक आरोप लागेका व्यक्तिहरुसंग शारीरिक संबंध राख्नु गैरकानूनी भएको बताएका छन्। प्रहरीले राजकुमारी बसेको होटेलमा केहि संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । राजकुमारीले गैर कानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् । राजकुमारी पूर्व प्रधानमंत्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् । राजकुमारीले मध्यस्थ मार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यस वापत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटना बारे कतारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । साभार – कान्तिपथबाट

भर्खर जन्मेको भेडाको अनुहार मालीकसँग मिलेपछि….
यो पनि हेर्नुहोसरसियाको दगेस्तान भन्ने गाँउमा जन्मेको एउटा भेडाको पाठीको अनुहार मान्छे जस्तै आएपछि पुरै गाँउ चकित परेको छ । जिगस्व नामक किसान जस्तै अनुहार बोकेको पाठीेबारे प्रतिकृया दिँदै स्वयं भेडा मालिक किसानले भने, ‘भेडीले सुत्केरी हुँदाबाटै म पाठीेको प्रतिक्षामा थिएँ तर यस्तो अनुहारको प्रतिक्षामा थिइन ।’ नवभेडीको अनुहार लामो नाक भएको बुढो मालीकसँग मिल्छ ।
यस्तो भेडीको जन्मले दगेस्तानका सारा गाँउले आस्चर्यचकित मात्रै छैनन् सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोज्दैछन । तर, गरिब किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स् नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ ।

↧
उपचार गर्न अस्पताल हिँडेकी बुहारी डाक्टरसँगै मध्यरातमा होटलबाट पक्राउ परेपछि…
झापा ।शुक्रबार, शनिबार र आइतबार राति प्रहरीले बिर्तामोडका होटलबाट यौनकर्मी पक्राउ गर्यो । यो कुनै नौलो कुरा त होइन । तर, कहिलेकाँही मात्र किन पक्रिन्छ भन्ने विषयचाहिँ बुझिनसक्नु छ । शुक्रबार राति पाँचवटा होटलबाट सञ्चालकसहित २१ जनालाई पक्राउ गरिएको हो ।
त्यसमा ९ पुरुष १२ महिला थिए । पछिल्लो समय के चाहिँ प्रमाणित भयो भने नाम चलेकै अर्किड, दोभान, सिक्किम, नेवारी र मनिला होटेलले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएका छन् ।
अचम्म दिउँसो घरबाट उपचार गर्न भन्दै हिँडेकी बुहारी पनि त्यस मध्यरात होटलबाट पक्राउ परिन् । पक्राउ पर्नेमा डाक्टर पनि थिए । हस्पिटलका एक कर्मचारीले आइतबार साँझ टेलिफोनमा भने, ‘हाम्रो हस्पिटलका डाक्टर पनि पक्राउ परेका रै’छन् । नामचाहिँ थाहा पाए हुन्थ्यो नि !’
तर, डाक्टरको नाम प्रहरीले सार्वजनिक गर्न मानेनन् । पक्राउ पर्नेमा डाक्टर मात्र होइन, सांसदका आफन्त र सशस्त्र प्रहरीसम्म थिए । पक्राउ परेकाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय लगिए पनि ‘पावरफुल’हरुलाई छोडिसकेको स्रोत बताउँछ ।
शुक्रबारको सफलतापछि हौसिएको प्रहरीले शनिबार पनि सोही कामलाई निरन्तरता दियो । विर्तामोडकै कसल होटलबाट सञ्चालकसहित ३ महिला र दुई पुरुष पक्राउ परेका छन् । ‘पक्राउ गर्न जाँदाको उनीहरुको अवस्था यहाँ बताइसक्नुछैन,’ एक प्रहरीले भने । आइतबार ए–वान होटलबाट २ महिला र १ पुरुषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

तिर्सना बुढाथोकीको निर्देशनमा तीजगीत : गित निकै मार्मिक र कमेडि भिडियो
↧
नौलो नौलो पिरती लाईयाछ - तीज गित भिडियो
↧
स्वास्नीलाई तँ, लोग्नेलाई हजुर?
शितल दाहाल
कार्यालयको एउटा भवनबाट अर्कोमा जानु थियो। अचानक पानी दर्कियो। छाता ओढाउन सहयोग गर्दै ‘सेक्युरिटी गार्ड’ले ‘पानीमा नभिज्नुहोस् आन्टी म छाता ओडाउँछु’ भन्दा कसैले दुख्नेगरी चिमोटेजस्तो भयो मलाई। सुरक्षा गार्डको शब्दले मनको गहिराईसम्म चिमोट्यो। हप्काउँदै मैले भनेँ, ‘तिम्रो आन्टी चाहिँ म कहिलेदेखि भएँ हँ ?’ केटो हल्का डरायो, म पनि उसलाई हकार्न पाएर अलि शान्त भएँ। मनमनै भनें- कस्तो संस्कार हाम्रो, कसैसँग बोल्न एउटा न एउटा नाता लगाइहाल्नुपर्ने, त्यो पनि बिना कुनै औपचारिक सम्बन्ध! बिहे नै नगरेको मान्छेलाई आन्टी रे।
केही दिनअघि पनि मलाई उमेरमा एक जना पाको मान्छेले बारम्बार ‘दिदी’ भनेर सम्बोधन गरे। कार्यालयको कामले हप्ता दिनसम्म ती मानिससँग नियमित सम्पर्क गर्नुपर्ने बाध्यता थियो। आफूभन्दा उमेरले बुढो भएको मान्छेले बारम्बार ‘दिदी-दिदी’ भन्दा पहिलो र दोस्रो दिन रिसले आँखै देखिनँ। तर, मौन रहन उचित ठानेँ। तेस्रो दिन भने आफैंले जुक्ति लगाएँ। उनलाई मैले भाइ भनेर सम्बोधन गरेँ, त्यतिमात्र होइन आफ्नो रिसको साटो फेर्न भाइ र सम्बोधनमा पनि तपाईँको साटो ‘तिमी’ भनेँ। अर्थात् तिमी ‘यसो गर भाइ, उसो गर भाइ।’
सामान्यजस्तो लाग्ने भाषागत सम्बोधनले पनि मानिसलाई कस्तो विष्मयमा पार्दो रहेछ भन्ने मैले त्यहीबेला अन्दाज गरेँ। दुई अपरिचित मानिसले मलाई ‘आन्टी’ र ‘दिदी’ भन्दा म हप्ता दिनजति त्यसै विषयमा अल्झिएँ। अहिले सोच्छु ती मानिसले अझ मलाई ‘बहिनी’ वा सम्बोधनमा ‘तिमी’ भन्थे भने म कति अप्ठेरो मान्दो हुँ? मलाई ननिचिनेको वा आफू नजिक नभएको मानिसले दिदी, बहिनी वा कुनै सम्बोधन गरेर नाता लगाउँदा कहिल्यै सजिलो र आफ्नोपनको अनुभव भएन मलाई। यसलाई मभित्रको अहंकार मानियोस् या आत्मसम्मानको खोजी।
प्रसंग फरक छ तर जोड्न चाहेँ, एक जना केटासाथीले आफ्नो श्रीमतीसँग मेरो परिचय गराउँदै भने, ‘यो मेरो बुढी’ नाम...।’ मैले तत्कालै आपत्ति जनाएँ, ‘तपाईँजस्तो पढेलेखेको मानिसले आफ्नो श्रीमतीको परिचय गराउँदा ‘तँ र यो’ भन्ने शब्द प्रयोग गर्नुभयो जुन सुन्दा पनि मिठो लागेन।’ आफूलाई बचाउ गर्दै मित्रले पनि जवाफ दिइहाले, ‘मैले अरूलाई होर यार, आफ्नै श्रीमतीलाई पो ‘तँ’ भन्या!’ उनले अझ थपे, ‘श्रीमतीलाई माया गर्नेहरुले सम्बोधनमा ‘तँ’ नै भन्छन्।’
आफूलाई जसरी भए पनि सही र मलाई जसरी पनि ‘केवल अव्यवहारिक क्रान्तिकारी’ मात्रै बनाउने उद्देश्यले ती केटासाथीले मलाई छड्के हानेर भने, ‘शितलजी, तपाईँको बिहे भएको छैन, त्यसैले श्रीमानले ‘तँ’ भनेर सम्बोधन गर्दा पनि मायाले नै भनेको हो भनेर बुझ्न सक्नुहुन्नँ तपाई।’ उनले थपें, ‘मैले यस्लाई बिहे गरेकै दिन देखि ‘तँ’ नै भनेँ। यो खुसी नै छे आजसम्म।’
हो मैले बिहेको जग्गे घुमेको छैन। मलाई श्रीमानले कसरी माया गर्छन् , कसरी थाहा होस्,’ यत्ति भनेर मैले कुरा टुङ्ग्याएँर। फिस्स हाँस्दै आफ्नो बाटो लागेँ।
बाटोभरि मनमा कुरा खेल्यो, ‘के प्रत्येक माया गर्ने श्रीमानहरुले श्रीमतीलाई सम्बोधन गर्दा ‘तँ’ नै भन्नुपर्छ त ?’ मैले आजसम्म श्रीमानलाई अघोरै माया गर्ने श्रीमतीहरुले आफ्ना श्रीमानलाई मायाले नै सम्बोधनमा ‘तँ’ भनेको कहिल्यै सुनिनँ। बिहे हुनुअघि प्रेमीप्रेमिका भएर एकअर्कालाई सम्बोधनमा ‘तिमी, तिमी’ भने पनि बिहेपश्चात प्राय: केटीहरुले श्रीमानलाई ‘तपाईँ, हजुर, आइस्योस र गइस्योस्’ भनेको मात्र सुनेँ मैले। श्रीमानलाई तिमी भनेको सुन्न समेत कता हो कता।
भन्नेहरुले मलाई यस्तो सानो कुरामा पनि ‘छुद्र बहस’ गर्ने उग्रक्रान्तिकारी भन्न सक्छन्। हुन पनि म यस्तै झिनामसिना कुरामा समाजमा ठूलो विभेद लुकेको छ भन्ने ठान्छु। श्रीमानले श्रीमतीलाई ‘तँ’ भन्दा माया बढेको देख्ने मेरो समाजको मेरो केटा साथीलाई श्रीमतीले बातैपिछे ‘तँ’ भन्दा उसको कन्सिरी कति तात्ला अन्दाज गरौँ त! रिसको झोकले तोरीको फूल देखेर श्रीमतीलाई मुक्का बजाउन समेत उसलाई निमेष नलाग्ला।
मान्न तयार छु, यस्ता भाषामा हुने सानातिना कुरामा पनि केको बहस? बहसको श्री गणेश मैले त्यहाँबाट गरेँ जब श्रीमानले भन्ने गरेको ‘तँ’ सम्बोधनमा खुसी भएका महिला बिरलै पाएँ। सबैको उस्तै गुनासो उही थियो ‘भन्नलाई पो रथका दुई पांग्रा’ हाम्रो सम्बोधनको भाषाले रथको एक पांग्रालाई उचो र अर्को पांग्रालाई निचो देखाउँछ। पांग्रा नै होचो र अग्लो छ भने जिन्दगीको यात्रा कसरी सजिलो होला?
मैले यही लेख तयार पार्नको लागि कयौ विवाहितासँग सोधें- तिमीहरुको मायाप्रेम हुँदा पनि के यही तँ र तपाईंको भाषा चल्छ? सबैको लगभग उस्तै जवाफ थियो, ‘चल्दैन’। शारीरिक सम्बन्धका बेला त प्रायः श्रीमानहरुले सम्बोधनमा ‘तिमी’ नै भन्ने रहेछन्। मेरो मन गुनासो गर्छ, ‘तिमी’ सम्बोधन गर्दा बढी माया पाइन्छ भनेर होला। आफ्नै जीवन संगिनीलाई आफू बराबरको दर्जा दिन अन्कनाउने प्यारो पुरूषले जिन्दगीको लामो यात्रा कसरी पार गर्लान् भनेर अनि म घोत्लन्छु।
म अहिले अविवाहित नै छु। समयले मेरो बिहेको साइत जुरायो भने म मेरो श्रीमानलाई ‘तपाईँ’ र आफू ‘तँ’ भएर बाच्दिनँ । साझा उद्देश्यले तय गरेको जीवनको यात्रामा हृदयबाट नआएको बढ्ता सम्मान दिए भने त्यो पनि मेरो हुनेवाला श्रीमानका लागि धोका हुनेछ। मेरो ‘जीवनसाथी’ मेरो ‘साथी’ हो नकि मेरो कार्यालयको हाकिम वा न मेरो मान्यजन। र, अर्को कुरा जति नै मायाले भनिएको होस् मलाई मेरो हुनेवाला श्रीमानले ‘तँ’ भनेको सम्बोधन कदापि स्वीकार्य छैन। उदण्ड र अराजक सुनिएला यो घोषणा तर मेरो त मन मान्दैन। - सेतो पाटी

नेपालीले आफ्नै देशको एक भागबाट अर्को भागमा जांदा भारतसंग भिसा लिनु पर्ने बाध्यता-भिडियो
भारत र चिन मिलेर यसरी निले नेपालको भूभाग
हरेक स्वाभिमानी नेपालीको मुटु छेडछ यो भिडियोले तर सत्य यहि हो नेपालीले नेपालकै भूभागमा प्रवेश गर्नु भारतको भिषा अनिवार्य लिनु पर्छ | लिपूलेकलाई कसरी भारत र चिन मिलेर खाए त्यो पनि भूकम्पले हाम्रो नेपाललाई थिलथिलो बनाएको समयमा जति बेला सिंगो नेपाल संकटकालीन अवस्थाको सामना गर्दै थियो | वास्तवमा भारतलाई दिल्लीबाट ल्हासा पुग्न सबभन्दा छोटो लिपुलेक मार्ग दिल्ली–मोरादाबाद–पिलिभित–टनकपुर–पिथौरागढ–कालापानी–लिपुलेक–ताक्लाकोट– सिगात्से हुदै ल्हासा नै हो ।
↧
↧
‘वारि जमुना पारि जमुना…’ गीतका गायक खेमराज गुरुङ अस्पताल भर्ना
काठमाडौं / चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए ।
बुधबार बिहान ६ बजेदेखि उनलाई भेट्न दिइए पनि चिकित्सकले परिवारका बाहेक अरुलाई भेट्न रोक लगाएको छ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैंमा मनकामना…’ बोलको गीत गाएर चर्चित भएका गुरुङले सयौं लोकगीत गाएका छन् । मिडिया एनपीबाट

लौ हेर्नुहोस नेपाली चेलीलाई : साउदी पुगे पछी थाह भयो म बेचिएकी रहेछु... भिडियो !!!
↧
अर्कैको लोग्ने
सपना अधिकारी
हामीबीच विशेष खालको मित्रता थियो।
उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो।
हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन र मृत्युको अघोषित युद्धको चर्चा गथ्र्यौं। कहिले सेतो गुम्बामा गएर त्यसको सुन्दर वातावरण अनि बुद्धको ज्ञानको समागम गर्न खोज्थ्यौं। कहिले काही स्वप्न बगैँचामा गएर आफ्नो जीवनको सपनामा त्यो बगैँचालाई नै सार्न प्रयास गथ्र्यौं।
म कहिले उसले गीताको आध्यात्मिक कुरा सुनाउँदै ज्ञानको चुलीमा पुर्याउँथ्यो।
कहिले महाभारतभित्र घुसेर कृष्ण र राधाको प्रेममा बिलिन गराइदिन्थ्यो। कहिले वानिरा गिरीको कारागार भित्र लगेर मलाई जबरजस्ती कैदी बनाउँथ्यो। कहिले सुम्निमामा हराउँदै उसको शरीरलाई आफ्नो बनाउन अनि उसको प्रेम पाउन मन लाग्थ्यो। म चाहिँ उपन्यास बाहिरको सोमदत्त भएर ज्ञान, तप, जप र ध्यानका कुरा गरेर उसलाई पुन जागृत गराउँथें।
हाम्रो अनौठो मित्रताले जीवनको रंग नै बदलिदिएको थियो। हाम्रो यो मित्रतालाई धेरैले प्रेमको उपनाम नदिएका पनि होइन। सत्य भन्नुपर्दा मैले उसलाई प्रेम नगरेको पनि होइन। तर उ मेरो एकदमै मिल्ने साथी थियो तर अरु कसैको लोग्ने। हो उ मलाई साथी सम्झन्थ्यो अनि अरु कसैलाई जीवनसाथी।
‘म यो कानुनसानुन मान्दिनँ। तिमीलाई पनि बिहे गरेर लग्छु। घरकी मेरी जीवनसाथी। तिमी मेरी मनकी साथी। म भावनामा तिमीसँग हराउन चाहन्छु। हिँड घर जाउँ।’ उ साँच्चै भन्थ्यो या जिस्कन्थ्यो। म भने उसलाई जिस्काउँथे –बहुबिवाहमा पर्नुहोला है। सरकारी जागिर पनि चेट। मिलेको घर पनि चेट।
उ मुस्कुराउँथ्यो मात्र। उसले प्रेम विवाह गरेको थियो। मैले उसकी उनीसँग कहिले भेटिनँ। हाम्रो भेट हुनु पहिला नै उसको बिहे भइसकेको थियो।
उसँगको मेरो भेट अप्रत्यासित थियो र अविश्मरणीय पनि। एउटा पुस्तक प्रदर्शनीमा उ दर्शनका केही किताब बारे सोध्दै थियो। हेर्दा उमेर भर्खरको तर पुस्तकको नाम सुन्दा कुनै ब्रुजक मान्छे झैं लाग्ने। प्रदर्शनीमा पुगेकी मेरो किन हो उसैतिर तानियो।
उसले मलाई देख्ला अझ भनौ उसले मेरो हातको किताब देख्ला भनेर मैले भर्खर बजारमा चलेको एउटा रोमान्टिक प्रेम उपन्यासलाई राखेर हत्त न पत्त सुम्निमा समातेको थिएँ। साँच्चै उसले मलाई देख्यो, अनि मेरो हातको किताब पनि।
‘आहा तपाईं यो पुस्तक किन्दै हुनुहुन्छ। बडो राम्रो छ यो पुस्तक। मैले १२ पटक पढिसकें हुँला। तपाईं एकपटक शिरीषको फूल पनि पढ्नुहोला। म त पुस्तक पढ्दा पढ्दै सकम्बरीको मायामा डुबिसकेको छु।’ यति भनेर उ मुस्कुरायो।
चिन्नु न जान्नुको मान्छे मसँग उनी यसरी कुरा गर्दै थिए कि लाग्थ्यो हामी वर्षौंपछि भेटिएका साथी हौं।
उसको कुरा सुनेर म फिस्स हाँसें।
‘हवस् त’ भनेर उ त्यहाँबाट हिँड्यो। त्यसपछि मैले सुम्निमा र शिरिषको फूललाई आफ्नो सोचले पढें र त्यो अजनबीको सोचले पढे।
साँच्चै मलाई पनि सकम्बरी बन्न मन लाग्यो र कहिले सुम्निमा बन्दै सोमदत्त भेट्टाउन मन लाग्यो।
त्यतिबेला म लोकसेवा आयोगको तयारी गरिरहेकी थिएँ। आयोगका किताबलाई आफूले पढेका साहित्यसँग तुलना गर्थें र सम्झने प्रयत्न गर्थें। विश्वव्यापीकरणमा भारतको राम र नेपालकी सीताको विवाहलाई जोड्थें। गरिबीका बारे पढ्दा म सुदामाको गरीबी र कृष्णसँगको मित्रता सम्झन्थें। समावेशीकरण पढ्दा दमिनी भीरको गन्थनलाई पिछडिएको जातीमा दाँज्थे। राज्य र शासन पढ्दा राजा बन्ने मोह छोडेर ज्ञान खोज्न हिडेका बुद्ध सम्झन्थें। सँगै वियोगमा परेकी यशोधरासँगै रुन्थे।
तयारी राम्रै भएछ। म आयोग पास गरेर सरकारी जागिर खाने भएँ। ६ महिने तालिम सकाएर म शाखा अधिकृतको पद थपेर उर्जा मन्त्रालयमा पदस्थापन गरेर पुगें।
कोठा बाहिर टाँगिएको मेरो नेम प्लेट देख्दा गर्वले छाति ढक्क फूल्यो।
भित्र एउटा कुर्सीमा त्यही अजनबी बसेको देखेर म छक्क परें। ‘नमस्कार’ मैले हात जोड्ने बितिक्कै आश्चर्यचकित परेर उस्ले मेरो नमस्ते फर्कायो। मैले आफ्नो परिचय दिएँ– सर म नवनियुक्त शाखा अधिकृत सम्झना पराजुली।
‘ए बस्नुहोस म उप सचिव दिवाकर सत्याल।’ उस्ले भन्यो।
त्यो दिन पनि झण्डै दुई वर्ष अघिको पो थियो त आजभन्दा। भर्खर विवाह गरेको भन्थ्यो मलाई। सकम्बरीका गुण त कुनै पनि छैनन् तर म सुयोगवीर र उनी सकम्बरी नै हो भन्दै हाँस्थ्यो घरी घरी। कहिले मेरी कविताले यो खान खोजी कहिले कविताले यस्तो भनी कहिले कवितालाई यस्तो भयो भनेर सुनाउथ्यो।
मलाई लाग्थ्यो म नै कविता हुँ र उ जे जे भनिरहेको छ सबै मेरै बारे भनिरहेको छ। मलाई मनमनै हाँसो उठ्थ्यो– उसकी कविता गर्भवती भएकी छन् भन्ने सुनेर।
पुरुषको स्वभाव, यौवनले भरिएकी युवतीसँगको उठबसले उसको मनमा पनि पाप पलाउँथ्यो सायद। एक दुई भेटमा उसले मनको दुरी नरहेपछि शरीरको दुरीको अर्थ रहन्न पनि भनेको थियो।
तर म नेपाली संस्कृतिमा हुर्किएकी नारी। सजिलै अरुको लोग्नेलाई आफ्नो शरीर सुम्पन कहाँ सक्थे र। म उसको आग्रह सहर्ष अस्वीकार गर्थें। उसले पनि कुरा अन्तै मोदिन्थ्यो।
र त हामी असल साथी नै भएर बस्न सक्यौं। यसले उठ्दा बस्दा अन्जानमा भएका स्पर्श बाहेक मलाई छोएको पनि थिएन। कुनै कुनै दिन त म उसको मायामा यति कमजोर भएकी हुन्थें कि उसले मलाई अंगालीदिए हुने, एउटा न्यानो चुम्बन दिए पनि हुने नि भनेर सोच्थें पनि। अर्को मनले म त उसकी साथी मात्र हुँ उसकी जीवनसाथी त अरु नै छ सोचेर लत्रक्क पर्थें।
सरकारी जागिर खाएकी भए पनि बढेकी छोरीलाई घरमा राख्दला खुशी हुन नसक्ने आमा बाबाको मन। यता मलाई पनि जीवनमा के के नपुगेको जस्तो लाग्थ्यो। ‘दिवाकरको साथले साथी पो पाएँ त खोई जीवन साथी।’ म सोच्थें। उसकी जीवनसाथीको आमा बन्ने समाचार सुन्दा ममा मातृत्व नजागेको होइन। तर अविवाहित आमा यो त मबाट हुनै सक्तैनथ्यो।
केही समय पछि सरुवा भएर उ मन्त्रालयबाट गइसकेको थियो। तर मेरो मनबाट कहाँ जान सक्थ्यो र।
दिनमा एकपटक भेट, २ पटक फोन, ४ पटक म्यासेज त दैनिकी नै भएको थियो।
यता घरमा मेरो बिहेको कुरा निक्कै अगाडि बढिसकेको थियो। त्रिभुवन विश्व विद्यालयमा नेपाली पढाउने त्यो अग्लो कदको गोरो मान्छे नै मलाई पनि ठीकै लागेको थियो। उसले पनि मलाई मन पराउनु भयो। हाम्रा केही कफी गफ भए, ती गफ मेरो साथीसँगको जस्तो मिठो नभए पनि उसँगको भेट मलाई खुब मिठो लाग्यो कारण उ मेरो साथी होइन जीवनसाथी हुँदै थियो।
म उसलाई श्वास श्वासले शरीरको अंग अंगले अपनाउने छु। म छाती फुकाएर उसकी श्रीमतीको हैसियतमा हिँड्ने छु, अनि पेट फुकाएर म उसको बच्चाको आमा बन्दा गर्व गरिरहेको हुनेछु। वैशाख २५ को लगन तय भयो। म मेरो साथीलाई मेरो जीवनको खुसीको क्षण भन्न डराइरहेकी थिएँ। किनभने उसले जसरी आफू विवाहित भएर पनि मसँगको मित्रता बढाइरहेको थियो। अब मबाट त्यो सम्भव नहोला।
उसको जीवनकोे मसँग जोडिएको पाटो अब भत्कनेछ। म कति अभागी मेरो जीवनको यो खुशीको पलमा मेरो साथी खुसी नहुन सक्थ्यो। रुन सक्थ्यो अनि म पनि रुन सक्थें।
निम्तोपत्र बोकेर त्यो दिन म उ उसलाई भेट्न पुगें। त्यही दिन छोराको बाबु भएको थियो। उसको खुसीको सीमा नाघेको थियो। देख्ने बितिक्कै अंगाली हाल्ने हिम्मत गर्यो उसले मलाई। मैले उसको अँगालोमा चुपचाप आँखा बन्द गरी उभिरहें।
एकछिन पछि हामी कुराकानी गर्न थाल्याैं। राधालाई कृष्णले त्यसरी छोड्न हुन्न थियो। मैले प्रसंग त्यहाँ पुर्याएँ।
‘जीवनमा सबैथोक प्रेम पनि होइन नि। कृष्णको जन्म राधाको लागि भएको थिएन। उसँगको भेट त एउटा संयोग थियो। लिला थियो। त्यसैले यही कारण देखाएर कृष्णलाई दोषी भन्न मिल्दैन।’ अनि उ अरु अरु पनि थुप्रै उदाहरण दियो।
मैले ब्यागबाट बिहेको कार्ड निकालेर उसलाई दिएँ।
‘के हो?’ उसले आश्चार्य मान्दै सोध्यो।
‘मेरो बिवाहको कार्ड।’ मैले भनें ‘जीवन एउटा प्रभुको लीला हो जे पर्छ त्यही अनुसार जीवन अघि बढाउनुपर्छ। अहिले मेरो जीवनको आवश्यकता यही हो। अघि हजुरले यसै भन्नुभएको होइन।’
उ मौन बनेर मलाई हे¥यो। मेरो मुटुको चाल पनि तीव्र भयो। त्यतिबेला हामी दुईको मनको तरंग जमिनमा पुग्दो हो त महाभुकम्प नै आउँथ्यो होला।
उसले कार्ड खोलेर पढ्यो अनि टेबलमा राख्दै ‘तिमीले यस्तो कसरी गर्न सक्छौ?‘ भन्यो। ‘किन सक्तिन?‘ मैले भने।
‘म तिमीलाई आफ्नो बनाएर राख्छु।’
‘कसरी? हजुरले बिहे नै नगरी मलाई आफ्नो बनाउँदा म रखौटी हुन्छु। बिहे गर्नु भयो भने म सौता कहलिन्छु कविताकी। उहाँलाई छोडेर मलाई अँगाल्ने सोच्नु भएको भए त्यो दिन आउनु भन्दा म मर्नु नै जाती। अनि अनि कसरी साथ दिनु हुन्छ मलाई।’
‘तिमी कुरामा मलाई भुलाउन सक्दिनौं। म तिम्रो विवाहलाई स्वीकार्न सक्दैनँ। म तिम्रो लागि जे सुकै पनि गर्न तयार छु तर तिमी मलाई एक वचन नसोधी यति परसम्म कसरी पुग्न सक्छौ कसरी?’
मैले उसका प्रश्नका जवाफ दिन सकिनँ। उसलाई बाईं समेत नभनेर म त्यहाँबाट हिँडे। भावनामा बगेर जेसुकै कुरा गरेपनि उ त आँखिर अर्कैको लोग्ने थियाे। म अर्कैकी दुलही बन्दै थिएँ। - setopati
↧