देविका घर्तीमगर
उनको उमेर ५२ वर्षको छ । दाङको राजपुर गाविस–६ नौसहरा हो सुन्दरपति यादवको घर । तर लामो समय भयो उनी आफ्नो घरमा बस्न नपाएको । दुई छोरीसँगै सुन्दरपतिले लामो समयदेखी फिरन्तेजस्तै जीवन बिताउँदै आएकी छिन् । सुन्दरपतिका श्रीमान् उमानन्द यादव आफ्नी जेठी श्रीमतीसँग बस्छन् । श्रीमान् र सौताले घरबाट निकालेपछि अहिले सुन्दरपति बेसहारा झैं भएकी हुन् ।
जेठी श्रीमतीबाट सन्तान नभएपछि उमानन्दले सुन्दरपतिलाई २५ वर्ष पहिले कान्छी श्रीमतीका रुपमा भित्राएका थिए । सुन्दरपतिबाट छोरा पनि जन्मिए । छोरा भन्दा धेरै छोरी जन्मिए । जन्मिएको छोराको पनि मृत्यु भएपछि बारम्बार हिंसा भोग्नु परेका उनले बताइन् । एक छोरा र तीन छोरीको जन्म भएको थियो उनको कोखबाट । दूर्भाग्य ३ छोरी मात्र बाँचे ।
त्यही कारणले सुन्दरपतिले यातना भोग्नुपर्यो । ‘मलाई जेठीसँग मिलेर र आफन्तले बिवाह गराइदिएका हुन्’–सुन्दरपतिले भनिन्, ‘छोरा किन जन्माइनस् भनेर दिनरात कुट्न थाले ।’ दिनरातको कुटाई सहन नसक्दा सुन्दरपतिको बास कहिले माइती त कहिले आफन्तकोमा हुन थाल्यो ।
उनको साथमा रहेका छोरी मध्ये कान्छी नाबालक छिन् । ‘मलाई मात्र कुट्ने गरे पो, मेरा यी छोरीहरुलाई पनि कुट्ने गर्छन्’ उनले भनिन् ।’ दुःखसुख जसोतसो गरेर भए तापनि सुन्दरपतिको माइली छोरीले पढेर रोजगारी गर्न थालेकी छन् । त्यही छोरीको आम्दानीले तीन आमा छोरीले हातमुख जोर्ने मेलो मिलेको छ ।
घरमा बस्नै नदिने, सँधै कुट्ने, खान नदिने गर्दागर्दै २०६५ सालमा सुन्दरपति घरबाट निकालिइन् । ‘घर भित्र पस्नै नदिने, खाना खान नदिने गर्न थाले, २०६५ सालमा त हामीलाई घरबाटै निकाले’–आँशु झार्दै उनले भनिन् ।’ घरनिकाला हुँदा सुन्दरपतिसँग उमानन्दको श्रीमति हो भन्ने कुनै काजगी प्रमाणहरु समेत थिएन । न नागरिकता न विबाह दर्ता नै ।
जिल्लाका अधिकारकर्मी र प्रशासनको सहयोगमा नागरिकता बनाई दुई वर्ष पहिले उनले जिल्ला अदालतमा अंश मुद्दा हालिन् । २०६९ बैशाखमा मुद्दा फैसला भयो । उनले मुद्दा पनि जितिन् । तर, उनले अहिलेसम्म अंश पाएकी छैनन् । आर्थिक रुपमा उनका श्रीमान् उमानन्द धनाढ्य हुन् ।
तर, मुद्दा जितेको थाहा पाउने बित्तिकै उमानन्द र भाञ्जा पर्ने राजकुमार यादव मिलेर झुठो ऋण देखाएर सुन्दरपतिलाई अंश दिएनन् । ‘मैले मुद्दा जितिसकेपछि अंश दिनुपर्छ भनेर राजकुमारसँग मिलेर १२ लाखको झुठो ऋण देखाइदिए’ –उनी भन्छिन्, ‘छलफलमा आउ भन्दा छलफलमा पनि आउ“दैनन् ।’ माइली छोरी जागिरे भएका कारण उनीस“गै छोरी जहा“ गयो त्यही गएर ३ आमा छोरी संगै बस्ने गरेको उनले बताइन् ।
यता राधा गिरीको पीडा पनि उस्तै छ । हापुर गाविस–कृष्णपुर निवासी राधाको उमेर भर्खर २० वर्ष भएको छ । तर, उनी अहिले आफ्नो अधिकारका लागि जिल्लाका कानूनी निकायहरु धाइरहेकी छिन् । ३ वर्ष पहिले देबेन्द्र गिरीस“ग राधाले पे्रम विवाह गरेकी थिईन् । कक्षा १० मा पढ्दा–पढ्दै बिहे गरेकी राधाको पढाइ बिहेपछि रोकियो । बिवाह गरेको छ महिनामै राधाका श्रीमान् बैदेशिक रोजगारीका निमित्त दुवईतिर हानिए । तर, बिदेश गएको श्रीमान घर फर्किएनन् ।
श्रीमान् घरमा नभएपनि राधा भने घरमा सासुससुरासंगै घर सम्हालेर बसिन् । ‘सासु ससुराले पनि राम्रो मान्नु हु“दैनथ्यो । अब काम छैन गै’जा भनेर भन्नुहुन्थ्यो’–उनले भनिन्, ‘मेरो जाने ठाउ“ नै कहा“ थियो र ? भागेर बिहे गरेकी थिए“ । पछि–पछि त खाना खान पनि दिन छाड्नुभयो । म घरको बुहारी मान्छे सासुससुरा भन्दा अगाडि खानु पनि भएन । सबैले खाना खाए पछि भान्सामा पस्दा भाँडामा खाना हुन्थेन ।’
गएको २०६९ माघ महिनामा घर आएका पति देवेन्द्रको राधा घरमा नभएको मौका छोपेर विदेशबाट आएकै दिन दोस्रो बिवाह गरिदिएछन् परिवारले । ‘बिहे गरिदिएर कान्छी श्रीमतीको बिवाह दर्ता, नागरिकता समेत पहिलो श्रीमती भनेर बनाई सकेछन् । मैले त पछि थाहा पाए“ । मैले त्यो घर, श्रीमान्लाई आफ्नो सबैथोक सम्झेर दुःख गरेँ, –उनी भन्छिन्, ‘पढाइ छाडेँ, जन्मघर छाडेँ ।
तर, अहिले घर न घाटको भएकी छु । मेरो न त विवाह दर्ता छ । न त नागरिकता नै छ ।’ जिल्ला प्रशासनमा नागरिकताका लागि निवेदन हालेको उनले बताइन् । हाम्रो बारेमा गाविस सचिवलाई सबै कुरा थाहा थियो । ‘अर्को बिहे गरेर सबै प्रमाण बनाइसकेको थाहा पाएपछि गाविसलाई किन मलाई अन्याय गर्नुभयो भन्दा तिमो श्रीमान्ले अर्को बिहे गरिसक्यो तिमी पनि पोइल जाउ भने ।’ उनले राज्यको निकायले नै आफु माथि अन्याय गरेको बताइन् । जिल्लाका अधिकारकर्मी संघसंस्थाको पहलमा राधा अहिले न्यायको पखाईमा छिन् ।
दाङ रामपुरकी खुमा वलीका तीन बच्चा छन् । बाहिर–बाहिरै हिड्ने घरमा नआउने, छोराछोरीलाई पनि नहेर्ने उनका श्रीमानले एक वर्ष पहिले भएभरको सबै सम्पत्ति बेचिदिए । अहिले अर्की श्रीमती ल्याएर छुट्टै बसेका छन् । भएको सम्पत्ति पनि श्रीमान्ले बेचिदिएपछि स्कूलबाट छोराहरुलाई निकाल्ने अवस्था भएको आ“शु झार्दै खुमाले भनिन् ।
लक्ष्मीपुरकी अनिता नेपालीको नाममा ४ कठ्ठा जग्गा थियो । त्यही जग्गाको निहु“मा अनिताका श्रीमान्ले दिनरात कुट्ने गर्थे । अहिले अनिता घर निकाला भएकी छिन् । श्रीमान्ले अर्की श्रीमती ल्याएर बसेका छन् । रोल्पाकी गंगा डा“गीका श्रीमान् लामो समय भयो विदेश गएको । तर, उनी अहिलेसम्म फर्किएका छैनन् । गंगाका एउटा छोरा र एउटा छोरी छन् । ‘श्रीमान् विदेश गएको धेरै भयो । घरमा कसैले राम्रो मान्दैनन्’–गंगाले भनिन्, ‘जेठाजुले पनि कुटपिट गर्नुहुन्छ । छोरी मसंग छ ।’
महिला हिंसाका घटनाहरु वर्षमा कति हुन्छन् भन्ने यकिन तथ्यांक नभए पनि घटनाहरु बाहिर आएको अवस्थालाई हेर्दा बढिरहेको पाइन्छ । पुरानो सोचमा परिवर्तन हुन नसक्दा र व्यावहारिक परिवर्तन नहु“दा महिला हिंसाका घटनाहरु कम हुन नसकेको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यको भनाइ छ । ‘महिलाहरु हिंसा सहेर बस्नु हुँदैन, हामी बोल्नुपर्छ भन्ने कुरामा सचेत भएका छन्’–आचार्यले भनिन् । पू“जि र पहुँचका आधारमा पीडकले छुटकारा पाउने र पीडित जहिले पनि पीडित नै बनिरहने अवस्थाको अन्त्य गरिनुपर्ने जिल्ला सेवा केन्द्रकी सदस्य सचिव हुमा डिसीको भनाई छ ।
सामान्यतः व्यक्तिगत घटनाहरु जन्म, विवाह, मृत्यु जस्ता घटनाहरु ३५ दिनभित्र दर्ता गरिसक्नुपर्ने कानुनी नियम छ । तर महिलाहरु यस्ता कुरामा सचेत नहु“दा समस्या उत्पन्न भएपछि दोहोरो समस्या भोग्ने गरेको अधिकारकर्मी लक्ष्मी बताउ“छिन् । बिहे गरेर छोराछोरी ठूला भैसक्दा समेत महिलाहरुले बिवाह दर्ता गरेका हुँदैनन् । नागरिकता बनाएका हुँदैनन् । यसले गर्दा श्रीमान्स“गको सम्बन्ध बिग्रेपछि, श्रीमान्ले अर्की ल्याएपछि, घरनिकाला गरेपछि कानूनी लडाईका लागि महिलाहरुसँग आधार नै हुँदैन ।
जिल्ला प्रहरी कार्यालय दाङ महिला सेलमा बर्षेनी करिब एक सय जति महिला हिंसाका घटना दर्ता हुन्छन् । महिलाको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था ओरेक दाङमा आर्थिक वर्ष २०६९/०७० मा एक सय ५२ वटा मुद्दा दर्ता भएको छ ।
त्यसमध्ये केही मुद्दा कानूनी उपचारका लागि अदालतमा पठाईएको र केही मुद्दाहरु आपसी समझदारीमा मिलाईएको ओरेक दाङकी संयोजक सरिता भुषालले जानकारी दिईन् । महिला तथा बालवालिका कार्यालय दाङले आर्थिक वर्ष ०६९/७० मा एक सय ७२ वटा मुद्दा कार्यालयमा दर्ता भएको जनाएको छ ।
त्यसमध्ये दुई वटा मुद्दा अदातलतमा पठाईएको र बा“की मुद्दाहरु मिलापत्र भएको कार्यालयका पार्वती रानाले जानकारी दिइन् । कार्यालय सञ्चालन गर्दै आएको जिल्ला स्तरिय सेवा केन्द्रमा पनि हिंसा पीडित महिलाहरु बस्दै आएका छन् ।
२०६६ देखी सुरु भएको जिल्ला स्तरिय सेवा केन्द्र बार्षिक रुपमा सरदर ३५/४० जना महिलाहरु आएर बस्ने गरेको सेवा केन्द्रका अध्यक्ष हुमा डिसीले बताइन् । जोखिमा परेका हिंसापीडित महिलालाई सेवा केन्द्रमा राखेर केही समयका लागि कानूनी, स्वास्थ्य उपचार तथा मनोसामाजिक विमर्श सेवा दिने गरेको महिला तथा बालवालिका कार्यालयका प्रमुख प्रभा श्रेष्ठले बताईन् ।
सञ्चारिका फिचर सेवा मध्यपश्चिमाञ्चलबाट
(पत्रकार देविका दाङमा कार्यरत छिन् ।)