काठमाडौं, ३० साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामवाली सङ्कलनको म्याद फेरि थप गर्ने भएको छ । आयोगले कम्तीमा पाच दिनको म्याद दिएर आगामी भदौ पहिलो साताबाट फोटोसहित मतदाता नामवाली सङ्कलन गर्ने तयारी गरिरहेको बुझिएको छ । मधेशकेन्द्रीत राजनीतिक दल तथा उपेन्द्र यावदले नेतृत्व गरेको सङ्घीय लोकतान्त्रिक मोर्चाले तराईका लाखौ नागरिकले मतदाना नामवालीमा नाम दर्ता गर्न छुटाएको भन्दै उनीहरूका निम्ति पुन: नामवाली सङ्कलन गर्ने म्याद थप्नुपर्ने अडान राख्दै आएका थिए । मोर्चाले राखेका मागमध्ये मतदाता नामवाली सङ्कलनका लागि उच्चस्तरीय राजनीतिक समितिले पनि नामवली सङ्कलनको म्याद थप गर्न सकिने भन्ने धारणा सार्वजनिक गरेपछि आयोगले तयारी अघि बढाएको हो । स्मरण रहोस्, यसअघि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत दर्जनौ मधेसी मूलका नेताका नाम मतदाता नामवालीमा छुटेको थियो भने ठाकुरकै नाम छुटेकाले मधेसी नेताहरूले आयोगलाई पुन: मतदाता नामवाली सङ्कलन गर्न दबाब दिदै आएको थियो ।