Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सूचना संकलनका लागि उडाइएको अमेरिकी बेलुन हुम्लामा अलपत्र

$
0
0
पुस ३०, काठमाडौं : अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ। शनिबार राति ८:४५ बजे हुम्ला पुगेको सेतो रङको अमेरिकी बेलुन नेपाल छिरेको जानकारी भारतका उड्डयन अधिकारीले नेपाली अधिकारीलाई दिएका छन्।

इन्टरनेट सर्च इन्जिन गुगलले उत्तर-पश्चिम क्षेत्रतिर उडाएको कलसाइन ४४५३ भएको उक्त बेलुन नेपालमा त्यो पनि उत्तरी हुम्लामै आएर किन रोकियो भन्नेबारे नेपालका उड्डयन अधिकारी अनभिज्ञ छन्। हल्का पारदर्शी हुने प्रविधिबाट निर्मित बेलुनभित्र कुनै मानव वा जीव नभएको सूचना नेपालले पाएको छ।

हुम्लाको सिमिकोट विमानस्थलदेखि २० किलोमिटर पूर्व र न्यारीचौरदेखि १० माइल उत्तरपूर्वमा रहेको रोडीकोट गाविसको डाँडामा बेलुन रोकिएको सूचनाका आधार खोजी गरिएको छ। 'यसबारे हामीलाई गुगलले पनि क्यालिफोर्नियाबाट खबर गर्‍यो', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले सोमबार अन्नपूर्णसँग भने, 'उक्त बेलुन किन उडाइएको थियो भन्ने जानकारी भने हामीलाई दिइएको छैन।'उनले यसबारे प्रहरीलाई जानकारी दिइसकिएको बताए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी मेखबहादुर खत्रीले त्यस्तो बेलुन आएको जानकारी पाए पनि फेला पार्न नसकिएको बताए। उनले भने, 'आइतबार र सोमबार लगातार टोली पठाइयो तर न्यारीमा बेलुन फेला परेन। १५ हजार फिट उचाइमै हिउँ परेकाले त्यसभन्दा माथि जानसक्ने अवस्था छैन, खोजी जारी छ।'उनले त्रिभुवन विमानस्थलबाट प्राप्त सूचनाका आधारमै खोजी गरिएको पनि बताए।

गुगलले उक्त बेलुन आफ्नै नियन्त्रणमा उडाए पनि उडिसकेपछि रोक्न नसकेको जानकारी बेलुनले यात्रा तय गरेका अन्य देशलाई समेत दिएको महाप्रबन्धक श्रेष्ठले बताए। क्यालिफोर्नियाबाट उडेपछि अनियन्त्रित हुँदै पाकिस्तानका विभिन्न क्षेत्र घुमेको उक्त बेलुन भारतको नयाँदिल्लीस्थित विमानस्थल टावरले नियन्त्रण गर्ने क्षेत्रमा प्रवेश गरेको थियो।

यसबारे भारतका उड्डयन अधिकारीले जारी गरेको सूचनामा पश्चिमतिरबाट नयाँदिल्लीको हवाई नियन्त्रित क्षेत्रमा शनिबार बिहान ७:३० बजे प्रवेश गरी उत्तरपूर्व हुँदै भारतको ओनिसाबाट नेपाल छिरेको उल्लेख छ।
५० फिट क्षेत्रफल र एक सय ५४ पाउन्ड (करिब ७० किलो) तौलको उक्त बेलुन ६२ हजार फिटमाथिबाट उडान गर्दै हुम्लाको डाँडामा रोकिन पुगेको जानकारी विमानस्थल प्रशासनले पाएको छ। तर त्यसभित्र कुनै यन्त्रजडित भएनभएको बारे कुनै जानकारी छैन। महाप्रबन्धक श्रेष्ठले हालसम्म उक्त बेलुनले नेपाललाई हानि भने नगरेको बताए।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>