Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

लेवनानमा बम बिस्फोट, १६ जना मारिए

$
0
0
Latest तीज गीतहरु + More Videos


बेरुत, श्रावण ३२ । लेवनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा बम बिस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा दुई सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । लेवनानको आतंकवादी समूह हिजबुल्लाहको पकड रहेको क्षेत्रका दुईवटा अपार्टमेन्टको बीचमा बिस्फोट गराइएको थियो । बिस्फोटको जिम्मा कसैले लिइसकेको छैन । यता, सिरियामा जारी संघर्षका कारण लेवनानमा पनि शिया र सुन्नी समुदायबीचको सम्बध झनै चिसिएको छ । शिया समुदायका राष्ट्रपति बसार अल असद र उनका बिराधी सुन्नी समुदायबीच सिरियामा जारी संघर्षको प्रभाव लेवनानमा पनि परेको छ । लेवनानमा रहेका शिया र सुन्नी समुदायले एक अर्कालाई निशाना बनाउने गरेका छन् । लेवनानको यही क्षेत्रमा गत महिना भएको बिस्फोटमा ५० जना मारिएका थिए ।
source : imagechannel

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>