Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अंग्रेजी शब्दले धेरै झुक्यायो

$
0
0
कलियुगमा झुक्याउने र झुक्किनु सामान्य प्रकिया हुन्छ l २१ औ शताब्दीमा पनि झुक्याउने लत लागेका मानिस कसरि झुक्याउने भनि शब्दजाल द्वारा क्षणिक रुपमा मानिसको आँखामा छारो हाली रहेका हुन्छन l

यो पंक्तिकार परदेशमा जाकिएको करिब ६ बर्ष नाघेछ र उमेरले दुई कोरी आधा अर्थात् ५ दशक अझ स्पष्ट भन्नु पर्दा ५० ले डाडो काटेछ l मलाई अंग्रेजीका केही शब्दहरुले २-४ बर्ष हैन ,१०-२० बर्ष हैन ,३०-४० बर्ष हैन झन्डै ५० बर्ष सम्म झुक्याएको रहेछ l

शब्द निर्जीव हुन्छ र उसको के दोष ? पंक्तिकार नझुक्किनु पर्ने तर झुकियेछु l मानिस जीवन भर पनि झुकिन्छ र चुक्छ तर सोध र खोज गर्नु पनि उसको दायित्व हुन्छ l झुक्किनु अपराध हुदैन , आएन र जान्दिन भन्दा बरु त्यसको भिन्नै मुल्यांकन गर्दछन l म पनि स्वाठ रहेछु र मेरो हजुरबा ले ४० बर्ष अगाडी मलाई काम बिगार्दा गाली स्वरुप भनेको  ''सिल्ली ''शब्द मैले नेपाली शब्द होला भन्ने ठाने र अहिले अमेरिका आएको नै ६ बर्ष पुरा भएछ र अझ पनि सिल्ली शब्द नेपाली नै ठानेको रहेछु l
यसमा मेरो पुरा दोष छ ,के हो यो शब्द ? सोध र खोज त गर्नु पर्ने ,तर गरिन l किनभने त्यसको जरुरि नै परेन अंग्रेजी शब्दलाई नेपाली भन्ने ठान्नु गलत हुदैन र अंग्रेजी भाषा शास्त्रीसंग जोरी पनि खोजिन l सिल्ली शब्दको बिषयमा  बादविवाद र मुद्राको बाजी पनि लगाएको छैन l सायद त्यसैले होला म मा कमजोरी रह्यो र त्यसलाई नेपाली मौलिक शब्द ठाने l

हद पनि हुन्छ ,नाथे सिल्ली शब्द अंग्रेजी हो भन्ने पनि हेक्का नपाउने र कस्तो होस्ल्याङ्ग मानिस रहेछ भन्ने पनि ठान्नु होला l जे ठाने पनि मेरो कमजोरी रह्यो र त्यसमा मेरो सोह्रै आना गल्ति छ र स्वीकार गर्छु l म त पचास बर्ष सम्म झुक्किए ,तपाईहरु बिबिकशिल हुनुहुन्छ यस्ता शब्दहरुसंग न झुक्किनु नै उत्तम होला l

मानिस मृत्युको मुख नपुगुन्जेल सम्म सधै सिक्नु पर्छ र सिक्न सकिन्छ भन्ने बिद्ध्वानहरु भन्दछन र यो कुरा संग म सहमत छु भने यहाहरु पनि सहमत हुनु होला भन्ने ठानेको छु l मानिसले झुक्याएको छ भने अस्थाई मात्र हुन्छ किनभने सधै भरि झुक्याउने प्रयास गरिदै छ भन्ने अहिलेका सबैलाई ज्ञान हुन्छ l अझ विदेशमा घडीको सुईरोसंग हिड्नु पर्ने र कामको बोझले त्यसतर्फ ध्यान नै जादैन l झुक्याउनु पनि एक कला हो र झुक्किनु महामुर्ख हो l मानिस बिबेकशील प्राणी भएकोले शब्दजाल द्वारा नै व्याख्या गरिएको कुरा सत्यतामा आधारित छ या छैन भने  तुरुन्तै थाहा पाउछन l अहिलेका पिढी जन्मने बितिक्कै पत्ती खाएका जस्ता हुन्छन अर्थात् चिरिएका हुन्छन र सुचनाको  विकासले एकै क्षणमा सबै कुरा जानिने हुनाले त्यो दुख नपाईएला भन्ने मैले ठानेको छु l

अर्को शब्द ''भिजिलान्ते ''कस्तो नेपाली शब्द जस्तो र नेपाली मूल शब्दबाट नै जन्मेको जस्तो लाग्ने l ६२/६३ को नेपालको दोश्रो जन आन्दोलन ताका अत्यधिक सुनिएको शब्द किनभने त्यो आन्दोलनमा आफु पनि महाराजगंज ,नेपालटार ,बालाजु हुदै कलंकी सम्म होमिदै पुगेकोले यो शब्द बारम्बार कार्यकर्ता तथा सहभागीहरुले अत्यधिक प्रयोग गर्ने गरेकोले यो पनि नेपाली नै रहेछ भन्ने ठाने l हुन् त २० बर्ष देखि नेपाली मूलका सबै मानिससंग एक शब्द पनि अंग्रेजी नमिसाई बोल्ने अभियानको रुपमा थालनी गरेको भएता पनि त्यहाँ फेरी पंक्तिकार चुक्यो l यसमा केहि फिकर छैन किनभने आएन त आएन l कोर्रा हान्ने र पाता कस्ने कुरै भएन नआएको र भ्रम भएको कुरा ओकली दिए l यहि नै ठुलो बुद्धिमानी होला भन्ने मेरो व्यक्तिगत बिचार छ l

''भिजिलान्ते 'शब्द संग पनि नराम्रो संग झुक्किन पगे यसमा पनि पछारिए l म पछारिए पनि ,तपाई कान ठाडो पार्नु है l अनुसन्धान गर्न तपाई सक्नु हुन्छ र म जस्तो हावा तालमा न हिड्नु होला l
अर्को शब्द ''ग्यारेज ''हुन् त यो शब्द नेपालीकरण जस्तै भएको छ र मानिसले यसको नेपाली के हो भनि प्रश्न गर्दैनन् तर पनि आफु सानो उमेरमा हजुर बुवाले यसको प्रयोग गर्नु भएकोले मेरो मनमा यो पनि नेपाली नै होला भनि ठाने किनभने हजुर बुवा भारतका केहि ठाउँमा भ्रमण गरि आउने हुन्थ्यो र वहाले जे भने पनि सहि होला भन्ने ठाने l अमेरिकामा आएर मैले ग्यारेज भनि उच्चारण गर्दा अमेरिकामा बुझेनन् र यहाँ त ''गराज ''पो भन्दा रहेछन l

अर्को शब्द मलाई मायाले हजुर बुवाले 'हाउडे ''भनि पुकार्नु हुन्थ्यो l यो पनि अमेरिकामा सूचना प्रबिधिमा काम गर्नेले प्रयोग गर्ने शब्द रहेछ र मैले अंग्रेजले हाम्रो शब्द सापटी लिएका होलान भन्ने ठाने l अंग्रेजी शब्द ''एचओडब्लुडिवाई ''शब्द के रहेछ भन्ने जिम्मा पाठक वर्गलाई दिन चाहन्छु l
बिश्वका अधिकांस देशले शब्द कोष निर्माण हेतु शब्द भण्डार बनाउने क्रममा अन्य मुलुकबाट केहि न केहि शब्दहरु सापटी लिई शब्द कोष निर्माण गरेका हुन्छन l कहिलेकाही यस्ता शब्दसंग झुक्किनु सामान्य हुन्छ l  लाजै मर्नु, पांच दशक सम्म शब्दसंग झुक्किनु कुनै चानचुन कुरो हैन l यसले के देखाउदछ भने ध्यान र बिषय वस्तुसंग लगाव नहुने भन्ने जताउछ l यसमा पंक्तिकारको मस्तिष्कले भ्याएन र त्यसतर्फ केन्द्रित हुन् सकेन l  यसको लागि म आफै स्वयम् जिम्मेबार छु l यहाँहरु यस्ता शब्दहरुसंग न झुक्किनु है l

..........................................................अस्तु
विजय
हाल :भर्जिनिया ,अमेरिका 
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>