यति धेरै माया नदेऊ अटाउने मुटु छैन्.......
मेरो राजा टाढै बस नजिक हुने आटैँ छैन् ।
............. नजिक हुने आटैँ छैन् ।
नचाहेको होइन तिमीलाई धेरै धेरै माया गर्छु २
सिरानीमा तस्बीर लुकाइ२
रातभरी चुम्ने गर्छु,२
यतिधेरै विश्वास नदेऊ अटाउने ठाउँ छैन
मेरो राजा टाढै बस नजिक हुने आटैँ छैन् .....
गायिका सविना कार्कीको सिमल एल्बममा समेटिएको यस मर्मस्पर्शी गीत धेरैले मन पराए । सानै उमेर बिबाह भएको कारण रहरको समयमा संगीतमा लाग्न नपाएपनि जीवनको पछिल्लो समयमा गायिका बन्नु भएको कार्की गीत संगीतमा धेरै रुची राख्नु हुन्छ । नयाँ एल्बमको तयारीमा रहनु भएको कार्की कन्सर्टहरुमा पनि गाउनु हुन्छ । उनै कार्कीसँग ललितपुरको कुपण्डोलमा जनपुकारका लागि माधवराज तिवारी र हरि गजुरेलले गर्नुभएका अन्तर्वार्ता ।
नेपालमा भइरहेको गीत संगीतको विकासक्रमलाई कसरी लिनु भएको छ ?
–अहिलेको समयलाई हेर्दा पहिलाको जस्तो राम्रो मान्न सकिन्न । पहिला एक पटक यस्तो समय थियो जुन बेला आफूले गायको सिडीहरु बेचेर पनि खान पुग्थ्यो तर अहिले अस्वस्थ प्रतिस्प्रर्धाको कारण केही कमी आएको छ । विकासक्रम झन सुखद् रुपमा अघि बढ्नु पर्नेमा देशको अवस्थाको कारण हो कि के हो राम्रो हुन सकेको छैन । परिस्थितिले कलाकारमा निराशा थपेको छ । तथापी हामी आशावादी हुनुपर्छ ।
तपाईको गायनको मुख्य बिधा कुन हो ?
–म चाहिँ आधुनिक गीत गाउँछु । हुनत भर्सस्टाइल गाउन सके राम्रो हो । तर म चाहिँ आधुनिक गीत नै गाइरहेको छु । भोलीका दिनमा अन्य बिधाका गीतहरु पनि गाउन तयार छु । गायिका भएपछि त जस्तो पनि गाउन सक्नु प¥यो नि ।
कसरी गाउने हुनु भयो ?
– मेरो सानै देखिको रुची चाहिँ गीत गाउने थियो । मेरो बुबा आमाको अनुसार मैले त तोतेबोलीदेखि नै गीत गाउने गर्थे रे । त्यतीबेला पनि स्कूलहरु र विभिन्न कार्यक्रमहरुमा गीत गाउने गर्थे । बिहे अघि नै मैले सिक्ने ईन्सटिच्यूटहरु पनि खोजेँ तर, सिक्ने ईन्सटिच्यूट थिएन त्यतीखेर । तर मैले क्लासिकल गीतहरु गाएर केही सिकेँ पनि । तर, पढेर र सिकेर नै गीत गाउँछु भन्ने मेरो इच्छा चाहिँ अधुरै रह्यो । १६/१७ वर्षको उमेरमै बिहे भयो । बिहे भएपछि दुईवटा छोराहरु जन्मिए १५/१६ वर्ष उनीहरुलाई हुर्काउन समय लाग्यो । त्यसपछि मैले गाउँछु भन्ने नै बिर्सिएँ । त्यसपछि हामी एउटा पारिवारिक सम्मेलनमा थियौँ । त्यहाँ मेरो श्रीमानले मैले गीत गाएको सुन्नु भयो । त्यसपछि उहाँले तिमीले पनि राम्रो गीत गाउने रहेछ सिक भन्नु भयो । अनि मैले गीत गाउन सिकेँ । र गाउन थाले पछि एल्बम नै निकाल्न सफल भएँ ।
गाउनु अघि र पछिको अवस्थामा परिवार र समाजको रेसपोन्स कस्तो पाउनु भयो ?
–पहिल्य म सविना कार्की मात्र थिएँ । दुईवटा छोराहरुको आमा, एउटा श्रीमती मात्र थिएँ । तर अहिले धेरैले गायिका सविना कार्की भनेन चिन्न थाल्नु भएको छ । अलिकति मेरो समजसेवा गर्ने पनि सोख भएका कारण त्यता पनि लागेको छु । त्यही भएर पहिला र अहिलेको अवस्थामा अवश्य पनि फरक छ ।
पछिल्लो समय एल्बम निस्कनेक्रम बढेको छ नि ?
–अब मैले भनिहाले अहिले न बजार पनि त्यती राम्रो छैन । अनि पाइरेसि पनि त्यतीकै छ । कलाकारहरु अलि निराश छन् । तर पनि संगीत भनेको एउटा नसा जस्तै रहेछ । आम्दानी र फाइदा नभए पनि मानिसहरु त्यसमा लागि नै रहेका छन् । कम्पनिहरुको अनुसार अहिले सिडि बिक्न समेत गाह्रो अवस्था छ । तर, यस्तो अवस्थामा पनि हरेक दिन चारपाँच वटा एल्बमहरु रिलिज भइरहेकै छन् । त्यसकारण यसलाई कसरी बुझ्नु पर्छ भने कलाकारहरुले मैले गाउनु पर्छ त्यसलाई नाफा नोक्सानमा मात्र हेर्न हुँदैन भन्ने धारणाको विकास भएको छ । मैले पनि दुई वटा एल्बम निकालि सकेँ तेस्रो एल्बमको तयारी गर्र्दै छु ।
गाउँदा र नगाउँदामा के फरक छ ?
–त्यो त अवश्य पनि तपाईंले संगीत दिएर स्टुडियो गएर गायपछि न त्यो गीत भएर आउँछ । अनि पो मिडियामा पनि आउँछ र सबैले सुन्न पनि पाउनु हुन्छ । कोठामा गाउने त सबै जना हुन्छन् । हामी भन्छौनी म पनि बाथरुम सिंगर हो भनेर । म पनि सानोमा बाथरुममा, घरमा तलमाथि गर्दा गाउँथे तर त्यतीखेर कसैले चिनेको थिएन । तर, अहिले धेरैले चिन्छन् । म गएनसँगै समाजसेवामा पनि छु । विभिन्न संघ संस्थामा सहयोग गर्दै आइरहेको छु । त्यसकारण समाजसेवामा सबैले सोच र बिचारले मात्र समाजसेवा गर्ने हो भने पनि धेरै राम्रो हुन्छ ।
अहिलेसम्म कतिवटा गीतमा स्वर दिनु भएको छ ?
–मैले दुई दर्जन जति गीत गाएको छु । कहिले काँही गीत पनि लेख्छु । म चाहिँ भजनगाउन अझ बढी इच्छुक छु । मैले केही भजनहरुमा स्वर पनि दिएको छु ।
तपाईले गाउनु भएकामध्ये आफैँलाई धेरै मन परेको एउटा गीत हामीलई पनि सुनाइदिनुन् ।
–मैले गाएको मध्ये पनि मलाई अफैँलाई मन पर्ने मेरो पहिलो एल्बममा रहेको मेरो राजा भन्ने गीत हो । ल सुन्नुस्

नचाहेको होइन तिमीलाई धेरै धेरै माया गर्छु

नेपाली गीत संगीतलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?
–सबैभन्दा पहिल्य कलाकार नै सचेत हुनुपर्छ । जसले नेपाली गीत संगीतलाई माया गर्नुहुन्छ उहाँहरुले पाइरेसी गर्नु भएन र नेपाली गीतहरु सुन्ने गर्नु पर्छ । मान्छेले सुन्दा पाँच मिनेटको गीत हुन्छ तर त्यसमा कति ठूलो टिम वर्क हुन्छ । र एउटा गीत निकालन ठूलो मिहेनत गर्नुपर्छ । जसले गर्दा पाइरेसी चाहिँ कसैले पनि गर्नु भएन । स्रोताहरुले पनि एल्बम किनेर सुनिदिनु प¥यो । राज्यले पनि कडा नियम बनाई कार्यान्वयन गर्नुपर्छ र कलाकारको संरक्षका लागि राम्रो काम गरोस ।
अलि फरक ..........
यदि गायनमा हुनु हुन्थेन भने के गर्दै हुनुहुन्थ्यो होला ?
– म घरमा मात्रै सीमित हुन्थे । बढी भए समाजसेवी हुनेथिएँ ।
यदि भागवानले तपाईको लिंग परिवर्तन गरिदिनु भयो भने सर्वप्रथम के गर्नुहुन्छ ?
–त्यो त एकदमै अचम्मै हुन्छ । तथापी म चाहिँ खुसी हुन्न थिएँ होला । किनकी म महिला भएर नै खुसी छु । एउटा स्त्री भनेको भगवनले बनाएको सुन्दर फुल हो ।
संसारै नै ध्वस्त हुने अवस्था आएर तपाईमात्रै बाँच्नु भयो के गर्नुहुन्छ ?
–मलाई बाच्ने मोह नै हुदैन थियो होला ।
जहिल्यै साथमा राख्ने तीन कुरा ।
–मोवाइल, पर्स र पर्समा राख्ने समानहरु जस्तै पैसा.... ।
बुबा र आमा मध्ये कसलाई एक नम्बरमा रोज्नु हुन्छ ?
– अवश्य पनि आमा रोज्छु । आमा भन्ने कुरा संसारमा खोजेर पाइदैन । आमा हुनुको महत्व मैले पनि बुझेको छु । त्यसकारण पनि आमा नै रोज्छु ।
तपाईलाई मन पर्ने एक जना गायक र एक जना गायिका नाम सम्झिदिनुन् ।
–गायक आनन्द कार्कीज्यू र गायीका अञ्जु पन्तज्यू ।
बिबाह के हो ?
बिबाह भनेको समाजमा एउटा हुनै पनि सामाजिक सम्झौता हो ।
महिला हिंसा नियन्त्रणका लागि के गर्नु उपयुक्त हुन्छ ?
–महिलाहिंसा बिरुद्ध लड्न महिला शिक्षित र सचेत हुनुपर्छ । यौन शिक्षाको जर्गेना र प्रवद्र्धन गर्नुपर्छ । सरकारले पनि महिला हिंसा गर्नेलाई फाँसि नै दिनुपर्छ ।
वर्तमान राजनीतिक संक्रमणको समयमा तपाईले राज्यको बागडोर सम्हाल्ने अवसर पाउनु भयो सर्वप्रथम के गर्नुहुन्छ ?
–नियम कडा हुनुपर्यो । त्यसकाल सव्रप्रथम आफू नै नियम मान्छु । त्यसपछि महिला शशक्तिकरणको काम गर्छु । वाग्मती सफा गर्नुछ.....यस्तै यस्तै ।