Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

'यौन आवेगमा यौनकर्मीकहाँ जान्छु' : नाम बताउन नचाहने एक युवक

$
0
0
म २३ वर्षीय स्नातक विद्यार्थी हुँ । म ब्वाइज होस्टलमा बसेर पढ्छु । गाउँबाट मेरा लागि आमा-बुवाले सकी-नसकी खर्च पठाउनुहुन्छ । म भने यौन आवेगमा यौनकर्मीकहाँ जान्छु र धेरैजसो पैसा खर्च गर्छु । बेरोजगार भएकाले विवाह गर्न सक्दिनँ । एउटी केटी मन पराउँथें तर उनीसमक्ष यौनप्रस्ताव राख्न सकिनँ। यसले मेरो चिन्ता बढाएको छ । म गलत बाटोमा लागिरहेको छु भनेर आफैलाई धिक्कार्छु । पढाइ बिग्रन थालेको छ । यति हुँदाहुँदै पनि उनीहरूको संगत छाड्न सकेको छैन । यो कस्तो खालको रोग हो र मैले आफ्नो समस्या समाधान गर्न के गर्नुपर्छ ?

- बिएस

यो तपाईंको मात्र होइन, केही समय यता धेरै युवाको समस्या हो। तपाईंले यौनकर्मीकहाँ गएर आफ्नो पैसा खर्च गर्नुलाई समस्या हो भन्ने बुझ्नुभएको छ । यो समस्या हो भन्ने थाहा पाएर पनि त्यसलाई छाड्न सक्नुभएको छैन।

अमेरिकामा १५ वर्ष लगाएर गरिएको अध्ययनअनुसार पुरुषहरू जो यौनकर्मीकहाँ जान्छन् उनीहरू पैसा तिरेपछि क्षणिक भए पनि यौनकर्मीले पूर्ण रूपमा माया गरेको, हेरविचार गरेको र आफूप्रति समर्पित भएको महसुस गराउँछन् भन्ने सोच्छन्। उनीहरूका अनुसार यौनकर्मी संगको सम्पर्कले कुनै जिम्मेवारी वहन गर्नु नपर्ने, आत्मीयताका कारण पुग्ने चोटको सामना गर्नु नपर्ने, खुसी दिने विषयमा सोच्नु नपर्ने जस्ता कुरा उल्लेख गरेका छन्। उनीहरूले विशेष गरेर आफू आकर्षणको केन्द्रबिन्दुमा भएको महसुस गर्ने गरेको बताएका छन्। यौनकर्मीले पैसा लिए बापत नाटकिय रुपमा सम्बन्ध बनाउने कुरा थाहा भए पनि पुरुषहरूलाई आनन्द महसुस हुन्छ।

माथिको अध्ययनबाट पनि के बुझिन्छ भने यौनचाहनाका कारण मात्र मानिस यौनकर्मीकहाँ जाँदैन। यौनकर्मीबाट उसले माया र अन्य हेरचाहको आवश्कता पूरा हुन्छ भन्ने अपेक्षा गरिरहेको हुन्छ। तपाईंलाई यौनकर्मीकहाँ जाने लत नै लागिसकेको छ कि छैन भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने  हुन्छ।

यो लतले तपाइर्ंको दैनिक जीवनमा हानि-नोक्सानि नपुर्‍याएसम्म त्यति नराम्रो गर्दैन, तर यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानि-नोक्सानी पुर्‍याउन थाल्यो भने त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ। दिनहुँ लामो समयसम्म यस्ता कुरा सोचेर बस्दा मनोभावनामा असर पर्न थाल्छ। किनभने लामो समयसम्म यस्तो गतिविधिमा लागिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ, अन्य सम्बन्ध टुट्न थालिसकेको हुन्छ। कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ। कामको दबाब महसुस हुन थालिसकेको हुन्छ। त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ। दैनिक उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भैसकेको हुन्छ। मान्छेले थाहा नपाई त्यसलाई कुलत बनाइसकेको हुन्छ। त्यसका धेरै मनोवैज्ञानिक असर हुन्छन्। केही विज्ञले त अझ आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका यौनजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन। घरमा आफ्नो यौन साथी छँदाछँदै यौनकर्मीसँग निर्भर हुन थाले त्यसले सम्बन्धमा समस्या उत्पन्न गर्छ। धेरै यौनकर्मीसँगको सम्पर्कले शारीरिक एवं सामाजिक जीवनमा पनि असर पर्न सक्छ। यौन रोगहरूको संक्रमणको प्रबल सम्भावना हुन्छ र पछि पश्चात्तापको भावना जागृत हुनसक्छ। बाहिरबाट अरूले तपाईंको मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने एवं कानुनी झन्झटमा पर्ने हुनसक्छ। 


त्यसैले यौनबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिमा सहभागी हुने बानी बसाले यौनकर्मीकहाँ जाने बानीमा परिवर्तन हुँदै जान्छ। स्थायी रूपमा एउटै यौनसाथीको संगतमा पुग्दा पनि यस्तो बानीमा कटौती हुन्छ।
- करूणा कुँवर, मनोविद्

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>