Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यसरी हुँदैछ काठमाडौमा यौन व्यापार |

$
0
0
एक गाँस भात चबाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्, तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारा गरिरहेका हुन्छन्, ‘कपडा अलि माथि सार, मलाई पनि निशानामा पार ।’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा । तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा ।


एक रिपोर्ट
‘घर जहाँ भए पनि हजुरलाई यहीँ भेटे हुन्न र ?’ सुन्धारास्थित डान्स बारकी नर्तकी सुहाना तामाङले भनिन्, ‘आफ्नै एउटा घर भए, मन परेको लभर भए को यसरी चिन्नु न जान्नुका सँगै रातभर छिल्लएर बस्छ र दाइ ।’ मदिराले लठ्ठ भइसकेकी भएर हुनुपर्छ, उनीले अलि बढी नै पीडा जताइ र जीवन उग्राइ । भन्थिन्, ‘प्रश्नमात्र सोध्ने कि एउटा सिगरेट र एक पेग ह्वीस्की पनि खुवाउने ?’

 


रात ढलदै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेल, बानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो । झापाकी अलिसा क्षत्रीले भनिन्, ‘क्लाइन्टलाई तान्न सकिएन भने जागिर धरापमा पर्छ, त्यसैले सेक्सी डान्स गर्नैपर्छ ।’

 


हो, काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ ।


‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त ?’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पु¥यायो ?’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पु¥याउँछन् ।


‘घर जान्नौ ?’ एउटा सामान्य जिज्ञासामा रामेछापकी रुबिनाले खड्काले भनिन्, ‘दाइले थाहा पाउनु भएछ, काठमाडौंमै आएर दुई टुक्रा पार्छु भनेका छन्, आमा र भाउजुसँग कुरा हुन्छ, कोठा पनि यहाँ छ भनेको छैन ।’
‘किन त ?’ उनीले भनिन्, ‘एक पेग ह्वीस्की मगाइस्यो न, म एउटा डान्स दिएर आउँछु, अनि भन्छु ।’ उनीले यसपटक पुरानो गीतमा कामुक पोज देखाइन् । पटकपटक आँखा झिम्काइन, इशारा दिइन् । लाग्छ उनी मदहोस भएर आफ्ना प्रेमीलाई सन्तुष्ट पारिरहेकी छिन् । यो ग्राहकको भ्रममात्र हो । उसले एक पेग ह्वीस्कीका लागि जति लठ्ठ पारे पनि अरुलाई पनि त्यही गरिरहेकी हुन्छिन् । यसको नतिजा त्यतिखेर थाहा हुन्छ, जब अर्को टेबुलको ग्राहकले पाँच सयको नोट दिँदा उनी नदेखे झैँ गर्छिन् भने हजारको नोट दिनु पर्छ, उनी ब्राभित्रै छिराउन दिन्छिन् । यता टेबुलमा बसेकालाई ह्याङले तुरुन्तै छाड्छ । या त मदिरा थपिन्छ, या त अर्को हजारको नोट उसको थुनचोलीमा छिराउन आतुर हुन्छ, रात ढल्दै गएपछि एउटै सुन्दरीले एउटै नाचले दुईतिर निशाना बनाइरहेको हुन्छ र डान्स बारको कारोबार एकाएक उकालिएको हुन्छ ।

 


रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पु¥याउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु प¥यो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’


उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधार फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’


उनले भने, ‘यो रात्री व्यवसायमा तिमीहरु जति पैसा देखिरहेका छौ त्यति नै समस्या छ । प्रहरी र गुण्डा पाल्नु पर्ने, यस्ता नानीहरुको जमानी बस्नु पर्ने, पैसा नउठ्ने ।’ उनका अनुसार पछिल्लो सयम रात्री व्यवसाय सरकारको पनि नजरमा परेकाले समस्या भएको छ । प्रहरी र गुण्डालाई पैसा दिएर पाले पनि व्यवसाय नफस्टाएको उनी सुनाउँछन् । भन्छन्, ‘२० लाख लगानी भएको छ, अरु व्यवसाय के गर्नु, त्यति पैसाले केही गर्न सकिन्न, बारमा एउटैले साढे दुई लाखसम्म उधार खाइदिन्छ, उठाउन समस्या छ ।’


बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको ?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिनँ ।’


उनी पछिल्लो समय ठमेलमा काम गर्थिन् । बानेश्वरमा भएको चिनजानमा उनी चौधरीकी छोरीजस्तो लाग्थेन । तर चौधरी नै हुन् । सुन्दरी शरीरकी धनी चौधरी स्वेत त्वचाका छिन् । त्यसैले चौधरी भन्दा पत्याउँदैनन पहिलो झमटका ग्राहक । हुन् उनी चौधरी नै । अरु भन्दा फरक छिन् । काठमाडौंमा काम गर्ने भनेर आएकी उनी प्रेमीले एबोर्सन गराएर धोका दिएपछि बाँच्ने सहारामा डान्सर भएकी हुन् । व्यापारी, ठेकेदार र केही धनीमानीहरुले माया गर्छन् यस्ता सुन्दरीहरुलाई । औँठी, नेकलेश, बाला उपहार दिन्छन् । कोहीकोहीले फ्लाट नै दिएर पनि राख्छन् । तर नातिनी उमेरकीसँग घरबार कति नै टिक्छ र ? तैपनि नक्कली विवाह गरेर सक्कली जीवन बर्बाद पार्ने कम छैनन् काठमाडौंमा ।


‘हिजो जाडो भएन ?’ चौधरीले भनिन्, ‘झ्याप भएर नाचेको हुन्छु दाइ, थाहै हुन्न ।’ सँगै गएका साथीले उनका पोटिला तिघ्रामा हात पु¥याए । उनीले भनिन्, ‘चिसो छ है, कति गाह्रो छ काठमाडौंको चिसोमा नाच्न । न पैसा छ, न इज्जत । न घर । त्यसैले जाँदैछु विदेश । तीनवर्षपछि फर्किँदा त को मुर्गा भेटिएला नि माया गर्ने होइन दाइ ?’ उनीले रंगीन रातको सुन्दर जीवनको तीतो पाटो सुनाइन् । उनीजस्तै धेरै डान्सरहरु पछिल्लो समय एउटा स्थायी ग्राहक बनाउने, उसैसँग यौनसाथी बन्ने र पासपोर्ट बनाएर विदेश जाने सपनामा छन् । अनि काठमाडौंमा नयाँ रहर बोकेर आउनेहरु पुगिरहेका छन् डान्स बारमा र नजानिँदो ढंगमा यौनकार्यमा पुग्छन् । सपनाको सहरमा सपनामात्र होइन विपनामाथि बलात्कार हुन्छ र भविष्य अन्धकारमा धकेलिन्छ ।


एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन ?’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पु¥याउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।

 

तर यसमा लगानी गर्ने र काम गनेहरु भविष्य सुरक्षित देखिरहेका छैनन् । अर्कातिर राज्यले पनि कडाइ गरिरहेको छ । यौनसँग जोडिएकाले महंगो पनि भएकाले ग्राहक तान्नु र व्यापार गराउनु डान्सरको बाध्यता छ भने प्रहरी प्रशासनलाई खुशी पार्नु ख्याल छैन । रात्री जीवन अघोषित ‘रेडलाइट एरिया’ बन्ने भनेर तर्कवितर्क सुरु भएको छ । कानुनी घेरामा ल्याउनु पर्ने आवाज पनि उठेको छ ।


काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।


अर्कातिर भ्रष्टाचार बढ्नुमा पनि काठमाडौंको मनोरञ्जन उद्योगलाई लिन सकिन्छ । एकपटक कुनै डान्सबारमा गएर तीन घण्टा बिताउँदा कम्तीमा ७ हजारको बिल उठ्छ भने कुनै युवतीसँग एकपटक गेस्ट हाउसमा ‘रमाइलो’ गर्दा कम्तीमा २ हजार रुपैयाँ सकिन्छ ।
ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नयाँ पत्रिकाका टेकराज थामीले पुसको अन्तिम साता लेखेको खबर अनुसार पनि युवतीले पुरुष ग्राहकलाई दिएको सेवावापत नै मासिक ५० करोड पुरुषहरुले खर्च गरिरहेका छन् । न्युन कमाइमा यति ठूलो रकम बाहिर तिर्नेले पक्कै कहीँकतै लामो हात गर्नैपर्छ र भ्रष्टाचार बढाउन काठमाडौंका मनोरञ्जन उद्योगले पुरुषलाई बाध्य पारिरहेको देखिन्छ ।

 


नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।


उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।


उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।


सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।

 

विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।

साझा यात्रा मासिकको आवरण रिपोर्ट

source : nepaliheadlines
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>