Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

प्रभु मनिले यसरी ठग्दैछ ग्राहक

$
0
0
तपाईं विदेशमा कमाएको रकम स्वेदशमा पठाउँदै हुनुहुन्छ ? आफ्नो पैसा सुरक्षित घरमा पुगोस् भन्ने चाहनुभएको छ ? अवश्य पनि तपाईको चाहना सुरक्षित तवरले आफूले कमाएको पैसा घर पुगोस भन्ने नै हुन्छ । विज्ञापन हेरेर भर पर्दै नपर्नुस् । आज हामी एउटा यस्तो भयानक योजनाको पर्दाफास गर्दैछौँ, जसले लाखौं नेपालीको पैसा कुनै पनि बेला डुब्नबाट बचाउनेछ ।

तपाईहरुले अवश्य पनि सुन्नुभएको होला र कतिपयले त कारोबार पनि गरिरहनुभएको होला प्रभु मनि टान्सफर कम्पनीसँग । यसको नारा गजबको छ, प्रभुको इच्छा । साच्चै नै प्रभुको इच्छा भयानक र डरलाग्दो रहेछ, जसले नियम विपरित करोडौं रुपैयाँ उठाएर आफ्नो व्यापार प्रर्बद्धन गरेको रहेछ । हामीले गरेको अन्डरकभर अप्रेशनका सूचना खोतल्यौँ भने तपाईंको पनि निद उड्नेछ अनि आजैबाट आफ्नो पैसा सुरक्षित गर्ने उपाय खोज्नुहुनेछ । प्रभुले इच्छा त लगाएकै रहेछन्, तर आफ्ना संचालकहरुलाई मात्र धनी बनाउन । हुन त कसैले पनि घाटा खान व्यापार गरेका हुँदैन । प्रभुका सञ्चालकहरु भने धनी त हुँदै छन् तर, अरुको पैसा गलत तरिकाले असुलेर । अब पढ्नुस्, लुटपाट वाला प्रभुको इच्छा ।

अव तपाईंहरु एकपटक यो सूचना पढनुस्, जुन हाम्रा अन्डरकभर रिपोर्टरले एक महिना लगाएर खोतलेका हुन् । प्रभु मनिका देशभर झन्डै दुई हजार भन्दा बढी एजेन्ट कार्यलय छन्, ति मध्ये कतिपय बैंकिक संस्था, कतिपय सहकारी छन् भने कतिपय व्यक्तिगत छन् । मनि ट्रान्सफर कम्पनीले राष्ट्र वैकबाट स्वीकृत लिदा कुनै पनि नगद डिपोजिट नलिई एजेन्टलाई कारोबार गर्न दिने भनेको हुन्छ । यसका लागि एजेन्ट र कम्पनीबीच लिखित सम्झौता हुन्छ । त्यही सम्झौताका आधारमा दुवै पक्षले कारोवार गर्ने हो र एजेन्ट वा कम्पनीले पाउने कमिशन पनि यसैसँग जोडिएको हुन्छ ।

प्रभुका काला कर्तूत

यो त सामान्य जानकारी भयो अब पढौं प्रभुका काला कर्तुत । प्रभु मनिले आफ्ना देशभरका एजेन्टसँग गैरकानुनी रुपमा नगद डिपोजिट मागेको पाइएको छ । हामीलाई प्राप्त र तपाईहरुले यसको स्क्यान हेर्नुस् त्यसमा एजेन्ट लिएबापत् डिपोजिट राख्ने भन्ने सर्त छैन् । तर, प्रभुले आफ्ना एजेन्टसँग एकदेखि तीन लाख रुपैयाँसम्म नगद डिपोजिट लिएको प्रमाण हामीले भेटाएका छौँ । प्रभु मनिले प्रभु विकास बैंकमा रहेको आफ्नै खातामा रकम जम्मा गर्न एजेन्टलाई निर्देशन गरेको पाइएको छ । 


यसरी एजेन्ट बन्नकै लागि एजेन्टहरुले लुकिछिपी नगद डिपोजिट राख्ने गरेको हाम्रो अप्रेशनमा भेटिएको छ । हाम्रा अन्डरकभर रिपोर्टरले भेटेका केही एजेन्टहरुले निकै डरलाग्दा सूचना दिए । एजेन्टहरुले हामीलाई भनेका छन् प्रभुका मानिसहरुले भन्थे नगद डिपोजिटको सूचना बाहिर लैजानुभयो भने तपाईको एजेन्ट रद्द गर्छौं । सानो तिनो व्यापार गरिरहेका एजेन्टहरुले आफ्नो कारोवार नरोकियोस भनेर प्रभुका सूचना बाहिर नलैजाने गरेको ति पीडित एजेन्टले जानकारी दिए ।

डिपोजिट लिँदा के फाइदा ?

यस्तो नगद डिपोजिटबाट एजेन्टलाई के भयो र प्रभु मनिलाई के फाइदा हुन्छ त ? यो बुझेपछि तपाईहरुको दिल दिमागले काम गर्न छाड्छ । जस्तो कि कुनै एजेन्टले तीन लाख रुपैयाँ डिपोजिट गरेको भएपनि उसले त्यसको न ब्याज पाउछ, न त्यो रकम चाहेको बेला फिर्ता लैजान सक्छ । कुनै एजेन्टले आफ्नो पैसा माग्यो भने पहिला एजेन्टसिप बन्द गरेर आउन प्रभु मनिका कर्मचारीले धम्की दिने गरेको एक पीडित एजेन्टले जानकारी दिए । एउटा एजेन्टबाट तीन लाख लिएको देख्दा सामान्य पनि लाग्न सक्छ । 

यसका भित्री कुरा थाहा पाउँदा यसको खतरनाक योजनाको पर्दाफास हुन्छ । जस्तो कि प्रभुका एक हजार एजेन्टले मात्र पनि तीन तीन लाखका दरले डिपोजिट जम्मा गर्दा प्रभु मनिको खातामा ३० करोड रकम जम्मा हुन्छ । प्रभुले आफन्तले राखेका एजेन्ट र वैक एजेन्टसँग भने डिपोजिट लिएको छैन् । बैंकसँग डिपोजिट ल्याउँदा गोपिनियता खुल्ने डरले नगद डिपोजिट नमागेको स्रोतहरु बताउँछन् । तर, सहकारीसँग भने डिपोजिट रकम लिएको हामीले भेटाएका छौँ ।

हो, प्रभुको ठगीको रहस्य यहिनेर छ । यहि ३० करोडमा भैरहेको छ, खेलकुद । प्रभु मनिले आठ दश बर्ष एजेन्टको रकम प्रयोग गरेको छ । बिना व्याजै ३० औं करोड रकम प्रयोग गरेर नै प्रभुले रातारात कमाउने गरेको चितवनमा भेटिएका एक एजेन्टले बताए । उनका अनुसार प्रभु मनिले गैरकानुनी रुपमा अरुको करोडौ रुपैयाँ उठाएर आफ्नो हितमा प्रयोग गरेको छ । कतिपय एजेन्ट त यस्ता पनि भेटिए जसले प्रभुबाट कारोबार भएपात पाउने कमिशन रकम डिपोजिट तीन लाखको ब्याज भन्दा समेत कम हुने रहेछ । हामीलाई प्राप्त केही स्लिपहरुमा सन् २०११ को मध्यसम्म प्रभु मनिले आफ्ना एजेन्टलाई तत्कालीन प्रभु फाइनान्स (जुन अहिले प्रभु विकास वैक भएको छ) को खाता नम्वर ०१०००००७ CS मा नगद डिपोजिट गराएको भेटाएका छौँ । खाता नम्वर ०१०००००७ CS मा प्रभु मनि टान्सफरको रहेको स्लिपमै देखिएको छ । बचत खाता ०१०००००७ CS मा नगद जम्मा गरेको स्लिपमा छ । 

सन २००२ मा स्थापना भएको कम्पनी हो प्रभु मनि टान्सफर कम्पनी । प्रभुले आफ्नो वेभसाइटमा जनाए अनुसार उसले मासिक ८० हजार व्यक्तिका पैसा नेपाल भित्राउँछ । यसले गल्फमा सबैभन्दा बढी कारोवार गर्छ भने हाल यसका मलेसिया, अमेरिका र जापानमा आफ्नै कार्यालय छन् । मलेशियामा रहेको कार्यालय मार्फत् प्रभु विकास बैंकमा खाता समेत खोल्ने गरेको मलेसियामा कार्यरत एक नेपाली मजदुरले फोन सम्पर्कमा जानकारी गराए । कानुनत विदेशबाट नेपाली बैंकमा खाता खोल्न पाइदैन । प्रभु मनिले भारतको एसवीआइ बैंकसँग सहकार्य गरेर भारतबाट समेत रेमिट्यान्स भित्राउने गरेको छ ।

कुनै कारणले प्रभु मनि डुब्ने अवस्थामा आए एजेन्टको करोडौं रकम कसरी फिर्ता हुन्छ ? उदारणका लागि मनकामना र क्रिष्टल रेमिट्यान्सको रामकहानी हेरे हुन्छ । अहिले यी दुवै बन्द भएका छन् । तर, उनीहरु बन्द हुँदा ग्राहक र एजेन्टले दश करोड भन्दा बढी रकम पाउन सकेका थिएनन् । प्रभुका कतिपय एजेन्टले भने, ‘हेर्नुस न, मनकामनामा पनि मेरो एक लाख गयो, अव प्रभुको पनि त्यहि हुने हो कि भन्ने चिन्ता लाग्छ ।

खासमा हुनुपर्ने बैंक ग्यारेन्टी एजेन्टले होइन, रेमिट्यान्स कम्पनीले गर्नुपर्ने हो । किनभने एजेन्टले पहिला पैसा दिएपछि मात्र रेमिट्यान्सले अर्को दिन रकम दिन्छ एजेन्टलाई । कारणवस रेमिट्यान्स डुब्यो भने देशभरका एजेन्टको बिल्लीबास हुन्छ । एकदिनमा एउटा रेमिट्यान्सले १० करोड भन्दा बढी कारोवार गर्छ, जुन रकम एजेन्टले भुक्तानी गर्छन् ।

नगद डिपोजिट गरेको केही बैंक स्लिपहरु हामीसँग सुरक्षित छन्, एजेन्टको गोपयनियताका लागि हामीले यहाँ देखाउन उचित ठानेनौँ । यसका अन्य तथ्यहरु क्रमशः बाहिर आउनेछन् । यस विषयमा जानकारी लिन हामीले राष्ट बैंकका प्रवत्तासँग सम्पर्क गर्न खोजेका थियौँ । उनीसँग सम्पर्क हुन सकेन । तर, पनि हाम्रो खोजमाथि राष्ट्र बैंकले कस्तो एक्सन लिने हो ? जान्ने प्रयत्न जारी छ । हामीले राष्ट्र बैंकका गर्भनरसँग सम्पर्क हुने बित्तिकै उनीहरुको प्रतिक्रिया राख्ने छौँ । पीडित एजेन्टहरुले ब्याजसहित पैसा फिर्ता पाउनपर्ने माग हाम्रा रिपोर्टरहरुसँग गरेका छन् । उनीहरुका पीडा र गुनासामा राष्ट्र बैंकको कस्तो रवैया हुने हो त्यो भने चाँडै नै थाहा हुनेछ ।

किस्टको सेयर किन्ने तयारी
 
अब अर्को तथ्य पनि जान्नुस । प्रभु विकास बैंकले अहिले किष्ट वैकको धेरैजसो सेयर किन्ने तयारीमा पनि थालेको छ । प्रभु बैंक र प्रभु मनिटान्सफरका व्यवस्थापनमा धेरै जसो उनै व्यक्ति छन् । यसले दिने संकेत हो, जुनसुकै बेला प्रभु मनि टान्सफर टान्सफर राष्ट वैकको कारवाहीमा आउन सक्छ । यस्तो भयो भने यसको असर प्रभु विकास वैक र सेयर खरिद गरे किष्ट वैकमा समेत पर्ने वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् । प्रभु मनि टान्सफर र प्रभु विकास वैकका अध्यक्ष एउटै व्यक्ति हुन्, देविप्रकास भट्टचन । प्रभु ग्रुप अन्तर्गत प्रभु बिकाश बैंक, प्रभु म्यानेजमेन्ट, प्रभु मार्केटिङ र प्रभु कोअपरेटिभको प्यारेन्ट कम्पनी पनि मनी ट्रान्सफरकै रुपमा छ ।
- रातोपाटी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351