दाङ, १ भदौ । होटेलहरुमा हुने बढ्दो यौनजन्य अपराध नियन्त्रण गर्न वडा प्रहरी कार्यालय लमहीले त्यस क्षेत्रका होटेलहरुमा श्रीमान श्रीमतीको स्पष्ट पहिचानबिना महिला र पुरुषलाई एउटै कोठामा रात बस्न नदिने नयाँ योजना लागु गरेको छ ।पहिचानबिना महिला र पुरुष एउटै कोठामा रात बस्ने गर्दा होटेलहरुमा यौनजन्य अपराध बढ्दै गएको भन्दै त्यस्तो गतिविधि नियन्त्रणका लागि यस्तो योजना अगाडि ल्याइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिनुभयो ।पहिचान नखुलेका महिला–पुरुषहरुलाई अलगअलग कोठामा बस्ने ब्यवस्था मिलाई यौनजन्य अपराधलाई न्युनिकरण गर्नका लागि होटल ब्यवसायी र प्रहरीबीचको छलफलपछि योजना कार्यान्वयन गरिएको बताइएको छ । स्रोत : नयखाबर Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧