Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

काठमाण्डौलाई पनि संकटग्रस्त क्षेत्र घोषणा I

$
0
0
विगत लामो समयदेखी काठमाण्डौ उपत्यकाको ३ ओटै जिल्लाहरुमा बडफ्लु को लक्षण भेटियोपछि पञ्छी जन्य मासुवेचविखनमा रोक लगाईएको थियो । नियन्त्रणमा नआएपछि भक्तपुरलाई गत हप्ता संकतग्रस्त क्षेत्र घोषणा गरेर सबै पञ्छीजन्य कुखुराहरु मार्ने घोषणा गरेकोमा आजबाट काठमाण्डौलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेर चाडपर्व आउनु भन्दा पहिलेनै बडफ्लुलाई नियन्त्रणमा लिने सम्बन्धीत निकायले घोषणा गरेको छ । अहिले सम्म ४ लाख भन्दा बढी कुखुरा नस्ट गरिसकेको छ भने करोडौं मुल्य बराबरको अन्य सामाग्री नस्ट गरिएको छ ।
धेरै व्यापारीहरु विस्तापित भईसकेको छ भने करोडौंको घाटा व्यापारिहरुले सहनु परेको छ । कुखुराको मासु नपाएपछि अहिले खसी तथा माछाको मुल्य प्रति केजी ९०० को हाराहारीमा पुगेको छ भने । त्यसैगरि तरकारीको मुल्यपनि ३० प्रतिशत सम्म बढेको छ । मासु नभै नहुनेहरुलाई समस्यामा पारेको छ भने होटल तथा रेष्टुरेण्टहरुमा पनि संकटलागेको कुरा होटल नेशनल भिजनका मार्केटिङ्ग म्यानेजर सागर श्रेष्ठ वताउनु हुन्छ । वहाँ भन्नुहुन्छ हामी प्रवासबाट फर्केका र प्रवासमा रहेका नेपालीहरुद्धारा सञ्चालीत यस होटलमा विस्तारै पिकअप लिदै थियो होटलमा सबै भन्दा बढी मासुको परिकार जानेमा कुखुराकै हो । बडफ्लुको हल्ला संगै ५० प्रतिशत ग्राहक घटेको छ । प्रत्येक शुक्रबार साँझ गर्दै आएको सदाबहार गजल साँझलाई पनि असर परेको वहाँ वताउनु हुन्छ । काठमाण्डौ उपत्यकामा मात्र दैनि ३ लाख किलो कुखुराको मासु विक्रिवितरण हुने अनुमान गर्न सकिन्छ ।
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>