Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बच्ची हत्याको अभियोगमा दुबईमा नेपाली महिला पक्राउ

$
0
0
सुर्य चन्द, अबुधाबी । युएईमा एक नेपाली महिला ११ महिनाकी शिशु हत्याको अभियोगमा पक्राउ परेकी छन्। 

दुबईस्थित अल नादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गरेकी नेपाली महिलाले बच्चीको घाँटी थिचेर हत्या गरेको यहाँको सेभेन डेज न्युजपेपरले जनाएको छ।

दुबई पुलिसका अनुसार नेपाली महिला आफ्नी आमाको अन्त्येष्ठिको लागि नेपाल जान चाहेकी थिईन् तर मालिकले अनुमति नदिएपछि रिसमा बच्चीको घाँटी थिचेर हत्या गरेको जनाएको छ। 

पत्रिकाले नेपाली महिलाको विवरण सार्वजनिक गरेको छैन।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>