बिश्वकै धनी ब्यक्तिका रुपमा चर्चित माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले सन् २०३५ सम्म बिश्वका कुनै पनि मुलुक गरिब नरहने दाबी छन् ।
बिश्वको सवैभन्दा ठूलो परोपकारी संस्था चलाइरहेका गेट्सले मंगलबार प्रकाशन गरेको बार्षिक पत्रमा बिश्वमा चमत्कारिक सुधार हुने बिश्वास ब्यक्त गरेका छन् ।
तर, यसका लागि हाल चर्चा गरिने गरेका केही भ्रमबाट मुक्त हुनुपर्ने उनले सर्त राखेका छन् । गरिव मुलुक गरिवै रहिरहन्छन, बिदेशी सहयोगको कुनै औचित्य छैन र गरिव मानिसको ज्यान बचाउँदा जनसंख्या बृद्धि हुन्छ भन्ने भ्रमलाई चिर्न जरुरी रहेको उनले बताएका छन् ।
सन् २०३५ सम्ममा सवै मुलुक हाल भनिदै आएको तल्लो मध्यम आम्दानीभन्दा माथि उक्लने बिश्वास ब्यक्त गरेका छन् ।
गरिव मुलुकहरुले उत्पादनशील छिमेकीबाट केही सिक्ने, नयाँ खोप, राम्रो बिऊबिजन र डिजिटल क्रान्तिबाट लाभ लिने गेट्ले बताएका छन् ।
पछिल्ला बर्षहरुमा गरिव मुलुकले पनि तिब्र बिकाश र सुधार गरिरहेको दृष्टान्त पेश गर्दै गेट्सले भनेका छन– झण्डै ७० प्रतिशत मुलुकको आम्दानी हालको चीनको भन्दा बढि रहने र ९० प्रतिशत मुलुक हालको भारतभन्दा उत्तम अबस्थामा पुग्ने छन् ।’
सन् १९८८ मा १२५ मुलुक पोलियो प्रभावित रहेकोमा बिदेशी सहयोगका कारण हाल त्यो संख्या ३ वटामा झरेको दृष्टान्त पेश गर्दै गेट्सले सही लगानी र नीतिमा ल्याइने परिवर्तनले बालमृत्युदर घटिरहेको बताएका छन् ।
लामो समय बिश्वकै नम्बर धनी रहन सफल गेट्सले पछिल्ला केही बर्ष बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन खोलेर परोपकारी काम गरिहरेका छन् ।
सन् १९९७ यता मात्र उनीहरुले २८ अर्ब ३० करोड अमेरिकी डलर परोपकारी कार्यमा खर्च गरेको फाउण्डेसनले जनाएको छ ।

- एजेन्सीको सहयोगमा