९ माघ, काठमाण्डौ । सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बमको हत्या घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो आफैँ अनुसन्धानमा सक्रिय भयो । घटनाप्रकृति आफ्नो कार्यक्षेत्रमा परेकाले महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुर पनि यसबारे चुप बस्न सकेनन्, अनुसन्धानमा लागि परे ।
‘हाइप्रोफाइल मर्डर’ भएकाले प्रहरीको विशेष ब्युरो र अपराध अनुसन्धान विभागले पनि बम हत्याकाण्डमा चासो राखेर अनुसन्धान थाले । प्रहरीका पाँचै निकायले हत्याकाण्डवारे आआफ्नै तौरले अनुसन्धान बढाए, तर उपलब्धि हात लागेन ।
एउटै घटना अनुसन्धानमा खटिएका विभिन्न निकायहरुवीच समन्वय नहुँदा अनुसन्धान प्रक्रिया नै लथालिंग बन्यो । सबै तहका प्रमुख समेटेर केन्द्रमा अनुसनधानको समन्वय गर्ने प्रयास पनि नभएको होइन, तर त्यतिबेलासम्म अनुसन्धान प्रक्रिया नै गिजोलिइसकेको थियो । एकीकृत अनुसन्धानले पनि उपलब्धि हासिल गर्न सकेको छैन ।
हत्याको डेढ वर्ष कट्दासमेत अपराधी कानुनी दायरामा आइसकेका छैनन् । घटनाबारे प्रहरीको यत्तिका युनिटले गम्भीर अनुसन्धान गर्दा पनि किन पत्ता लाग्न सकेन त ? समन्वय अभावले अपराध अनुसन्धानमा जानकार एक उच्च प्रहरी अधिकारी भन्छन्,’ एउटा युनिटले अर्को युनिटको अनुसन्धानमा अनविश्वास गर्ने, फेरि सुरुदेखि थाल्ने र एकअर्कावीच समन्वय नै नगर्ने परिपाटीले अनुसन्धान प्रक्रिया नै जेलिन्छ र अपराधी पत्ता लगाउनुको साटो अनुसन्धान नै झन् जटिल बन्छ नेपालमा अधिकांश घटना अनुसन्धानमा यही देखिन्छ ।’

- नागरिक दैनिक