Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

'भन्नुस् न, हाम्लो मामु कहिले आउनुहुन्छ..?'

$
0
0
बर्दिवास : 'भन्नुस् न, हाम्लो मामु कहिले आउनुहुन्छ..?'तीनवर्षे भरत बराल तोतेबोली घर आउने जोकोहीलाई पनि सोधिरहन्छन् । घर फर्कंदा धेरै मिठाई ल्याइदिन्छु भनेर गत संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको जागिर खान गएकी आमा पवित्रा नफर्केपछि भरत अचेल आफ्नो घर अगाडिको बाटो भएर हिँड्ने सबै बटुवासँग 'मामु'बारे सोधखोज गरिरहन्छन् ।

महोत्तरी गौरीवास–१ स्थित रातु नदीको कान्लामा रहेको झोपडी घरमा ७५ वर्षीय ससुरा जितबहादुर, ७० वर्षीया बोल्न नसक्ने सासू, ६ वर्षीया छोरी भावना र तीन वर्षीय छोरा भरतलाई घरमा छाडेर म्यादी प्रहरीको जागिर खान गएकी २५ वर्षीया पवित्रा घर नफर्केपछि भरतको 'मामु'खोज बढेको हो।

पवित्राले भने जागिरकै क्रममा आफूसँगै म्यादी प्रहरी रहेका सिरहा जिल्लाका एक युवकसँग घरजम गरेर बसेकी छिन् ।

निर्वाचनमा म्यादी प्रहरी बनेर कमाएर ल्याएको पैसाले मीठोमसिनो खाने रहरमा बसेको बराल परिवार अहिले बेसहारा बनेका सोही बस्तीकी सामाजिक कार्यकर्ता सरस्वती चौधरीले बताइन् ।

भरत बाबुको मृत्युपछि आमा पवित्रा, हजुरबा जितबहादुर र हजुरआमासँग बस्दै आएका थिए। आमाले अर्कैसँग बिहे गरेको एकसाताअघि मात्रै हजुरबुबाको निधन भएपछी झन् उनीहरुको बिल्लीबाठ भएको छ।

अहिलेसम्म आमा पराइघर गएकी थाहा नपाएका भरत भने 'मामु'फर्कंदा ल्याउने मिठाईको भागबारे दिदी भावनासँग झगडासमेत गरिरहेका देखिन्छन्। 'मामु'ले ल्याउने मिठाईमा आफूले एउटा बढी पाउनुपर्ने अडान दिदीसँग राख्दै आएका भरतले अब 'मामु'नआउने कुरा थाहा पाउँदा के प्रतिक्रिया जनाउने हुन्, त्यसको अनुमान गर्न गाह्रो हुने जनता बहुमुखी क्याम्पसमा स्नातकतहमा अध्ययनरत छात्रा निता चिमोरियाको भनाइ छ।

रातु नदीको कान्लामा एउटा झुपडी घरबाहेक सम्पत्तिको नाउँमा अरु केही नभएका यिनीहरुको रेखदेख र जीवन गुजाराको कुरामा सामाजिक सङ्घसंस्था एवम् राज्यपक्षले चासो बढाउनपर्ने सो गाउँका बासिन्दा बताउँछन् ।

अरु बेला बग्रेल्ती सङ्घसंस्थाका प्रतिनिधि बर्दिवासका साधन सम्पन्न होटलमा बालअधिकार विषयका कार्यशाला सञ्चालन गर्दै भेटिए पनि अहिले भने यो बेसहारा परिवारको हेरचाहका लागि आवश्यक सुझाव दिन पनि कोही नआएका गौरीडाँडास्थित सुनगाभा सामुदायिक रेडियामा कार्यरत कार्यक्रम सञ्चालिका मेनका श्रेष्ठले बताए।
- रासस
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>