१२ वर्षअघि निर्माण थालिएको गोरखाको कुन्दुरटार सिंचाइ आयोजनाको अहिलेसम्म आधा काम पनि सकिएको छैन। ०५८ सालमा रातो बिताबमा समाविष्ट आयोजनाको १७ किलोमिटर नहर निर्माण पाँच वर्षभित्र गर्नुपर्नेमा अहिलेसम्म तीन किलोमिटरमा मात्रै पानी बग्ने भएको छ ।
काम सुरु भएयता हरेक वर्ष पैसा आएको छ। आएको पैसामा थोरै काम हुने र धेरै फिर्ता जाने गरेको छ। नहर सरसफाई र मर्मत शीर्षकमा हरेक वर्ष आएको मध्ये केही पैसा खर्चने गरिए पनि खर्चे अनुसार काम छैन। पश्चिमाञ्चल सिंचाइ सब डिभिजन नम्बर १ गोरखाको लापरवाहीले हरेक वर्ष पैसा फिर्ता जाने गरेको हो।
समयमै टेन्डर नखोल्ने, ठेकेदारलाई काम लगाउन नसक्ने, मूल्यांकन राम्रोसंग नगरी भुक्तानी दिने कारणले पैसा फिर्ता जाने र समयमै काम हुन नसकेको हो। आयोजना निर्माणको लागि अहिले सम्म तीन करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ।
- नागरिक