Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दुवै हातमा औंला छैनन्, तर ग्याब्डीले हजारौं सुन्दर गहना बनाउँछिन्

$
0
0
अनेट ग्याब्डीले अहिलेसम्म हजारौं गहना बनाएकी छिन् । उनले बनाएका रिङ, इयररिङदेखि ब्रासलेट मात्र होइन हिराका हारसमेत धेरैले मन पराउँछन् ।

एक कुलश कालिगढले गहना बनाउनु कुनै नौलो कुरा पनि होइन । तर, अनेटको हकमा भने यस्तो गहना बनाउनु निकै साहसिक काम हो ।

कारण, ४८ वर्षकी अनेटको दुबै हातका औलाहरु छैनन् । उनी कुनै विशेष औजारको प्रयोगबिनै सुन्दर र जटिल डिजाइनयुक्त गहना तयार पार्छिन् । लण्डन हाटेन गार्डनमा गहना बनाउन सकेकी अनेट भन्छिन–‘म अपाङ हैन, आम मानिस नै हुँ ।’

आफुले गहना बनाएको देखेर मानिसहरु छक्क पर्ने गरेको भन्दै त्यसले आफुलाई आनन्द र उत्साह दिलाउने बताइन् ।

औला नभएको अवस्थामा पनि कसरी गहना बनाएको भनेर सोध्ने गरेको भन्दै उनले भनेकी छिन्–मेरो जवाफ हुनेछ, तपाई कसरी आफ्नो औलाहरु व्यवस्थापन गर्नुहुन्छ ? किनकी उनीहरुले नै आफ्नो बाटो पत्ता लगाउने छन् ।’

आफूलाई यहाँसम्म आउन परिवारले हौसला दिएको उनले बताइन् । तालिम लिनुअघि उनले स्कुल र कजेलमा पनि गहना बनाउनेबारे अध्ययन गरेकी थिइन् । बेलायती अनलाइन डेलीमेलका आनुसार उनले बनाएको गहना २५ हजार पाउन्डसम्ममा विक्री भएका छन् ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>