Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कतारमा विश्वकपको पूर्वाधार बनाउने १ सय ८५ नेपालीले ज्यान गुमाए

$
0
0
माघ ११ – कतारमा विश्वकप फुटवलको पूर्वाधार निर्माणका क्रममा सन् २०१३ मा १ सय ८५ जना नेपालीको ज्यान गएको छ ।

बेलायती पत्रिका द गार्जियनका अनुसार सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि भइरहेको व्यापक पूर्वाधार निर्माणको क्रममा ज्यान गुमाउनेमा धेरैजसो नेपालका कामदार रहेका छन् ।

पत्रिकाका अनुसार गत वर्षको जुनदेखि अगस्टसम्मको ३ महिनामा मात्रै ४४ जनाले ज्यान गुमाएका छन् । अधिकाशले कार्यक्षेत्रमा भएका दुर्घटना तथा हृदयाघातका कारण ज्यान गुमाएका छन् ।

नेपाल कतारमा सबैभन्दा बढी कामदार पठाउने मुलुकको छैठौ स्थानमा पर्छ भने गएको २ वर्षमा त्यहाँ ३ सय ८२ जना नेपाली कामदारले ज्यान गुमाइसकेका छन् । यो संख्या अझै बढ्न सक्ने भन्दै पत्रिकामा चिन्ता व्यक्त गरिएको छ ।

गर्मी मौसममा काम गर्दा बिरामी परेका कामदारको उपचारमा समेत हेलचेक्र्याइ भैरहेको साथै क्षतिपूर्तिका लागि पनि कतार सरकारले उचित ध्यान पुर्‍याएको पत्रिकाले जनाएको छ ।

प्रवासी नेपाली समन्वय समितिले त्यहाँ ज्यान गुमाएका कामदारको शव फिर्ता गर्न साथै क्षतिपूर्तिका लागि पहल गरेपनि यसमा फिफाले पनि जोड दिनुपर्ने पत्रिकाले उल्लेख गरेको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>