काठमाडौ : स्वदेशमा नेपाली चलचित्रहरु नचलीरहेको समयमा बिदेशमा यसको ब्यबसाय बढ्न थालेको छ । यस्तैमा नेपाल प्रर्दशन भन्दा पहिले चलचित्र ‘प्रोड्युसर’ दुबईमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई एनआरएन युएईले दुबइमा प्रदर्शन गर्न लागेको हो ।
जसका लागी निर्देशक जनकदीप पराजुली आइतबार दुबई पुगीसकेका छन् । चलचित्र भित्रको बिभीन्न कथा समेटीएको यस यस चलचित्रमा विल्सन बिक्रम राइ ,बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रुपमा पायल रायमाझीको पनि अभिनय छ ।

स्वदेशमा आगामी माघ १७ गते प्रर्दशनमा आउने यस चलचित्रमा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व छ । राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत रहेको चलचित्र ज्वोती कुमार राइको प्रस्तुतीमा राजकुमार राइले निर्माण गरेका हुन् । अबको एक महिना प्रत्येक शुक्रबार दुबईका विभिन्न सहरमा ‘प्रोड्युसर’ देखाइने निर्देशक जनक दिप पराजुलीले टेलिफोन बाट जानकारी गराए । प्रोमो र गीतको कारण चर्चा बटुलिरहेको यो चलचित्रले नेपालमा पनि ब्यबसाय गर्ने आस गरिएको छ । हास्यकलाकार समेत रहेका विल्सनले चलचित्रको रमाइलो तवरले प्रचार गरिरहेका छन् ।
यसै चलचित्रको एक टोली प्रचारका लागी देश दौडाहमा पनि छ । निर्माता ज्योतीराज राई र विल्सन बिक्रम उक्त दौडाहा टोलीमा छन् । सो टोलि सोमबार धरान पुगेको छ । चलचित्रमा रहेको अभिनेत्री श्वेताको आइटम गीतले दर्शकलाई झट्का दिने बिश्वस निर्माण पक्षको छ ।
-