Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बैंकभन्दा हुन्डीबाट ४ गुणा बढी रेमिट्यान्स

$
0
0

१७ माघ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) र अन्य माध्यमबाट दक्षिण कोरिया गएका नेपालीले बैंकबाट पठाउने रेमिट्यान्सको ४ गुणा बढी हुन्डीबाट पठाउने गरेका छन् । 

सन् २०१३ मा कोरियाबाट बैंकिङ प्रणालीबाट करिब ४ करोड अमेरिकी डलर (४ अर्ब रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको छ । जबकि, ईपीएसमार्फत कोरिया गएका नेपालीले पारिश्रमिकबाट पाउने रकममात्रै १९ अबै २० करोडभन्दा बढी हुन्छ ।

ईपीएसमार्फत २० हजार नेपाली दक्षिण कोरिया पुगिसकेका छन् । व्यक्तिगत तवरबाट जानेको सख्या पनि धेरै छ । ईपीएस सुरु हुनुभन्दा अघि पनि म्यानपावर एजेन्सीमार्फत कोरिया जाने कामदारको कमाई हिसाब नै नगर्दा पनि बैकिंङ प्रणालीबाट आउने रकमको ४ गुणा बढी हुन्डीबाट प्रवाहित भएको देखिने गरेको छ ।

ईपीएसबाट कोरिया जाने नेपाली कामदारले दैनिक ८ घन्टा काम गर्दा मासिक पारिश्रमिक ८० हजार पाउँछन् । उनीहरुले ओभरटाइमबाट पनि ठूलो आम्दानी गर्ने गरेका छन् ।
- कारोबार दैनिक
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>