Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

माउन्ट सिजनबुंग ज्वालामुखी विस्फोट, १४ को मृत्यु (फोटो भिडियो फिचरसहित)

$
0
0
इण्डोनेशियाको सुमात्रा द्वीवपमा सक्रिय ज्वालामुखी विस्फोट हुँदा आसपासका गाउँका १४ जनाको मृत्यु भएको छ । माउन्ट सिजनबुंग ज्वालामुखी शनिबार विहान विस्फोट भएको थियो । जसका कारण आलो र ढंगाका टुक्राहरु आसपासका दुई किलोमिटर क्षेत्रसम्म फैलिएको थियो ।
अधिकारीहरुका अनुसार मारिनेमा चार स्कुल बालिका छन् भने एक शिक्षक पनि छन् । माउन्ट सिजनबुंग ज्वालामुखी तीन वर्षदेखि निश्क्रिय थियो । तर, गत सेप्टेम्बरमा सक्रिय भएपछि आसपासका गाउँका हजारौं मानिसलाई सुरिक्षत स्थानमा सारिएको थियो ।
शुक्रबार मात्र केही मानिसलाई आफ्नो घर फर्कने अनुमति दिइएको थियो । शविबार भएको ज्वालामुखीको तस्वीर भयानाक थियो । निकै टाढासम्म यसको मुस्लो आएको थियो भने मानिसहरु भागिरहेका थिए ।
२०१० मा माउन्ट सिजनबुंग ज्वालामुखी सक्रिय भएको थियो । त्यसबेला २ जनाको ज्यान गएको थियो भने ३० हजारले घर छाड्नु परेको थियो । त्यसअघि भने ४ सय वर्षसम्म कुनै हलचल थिएन । माउन्ट सिजनबुंग इन्डोनेशियाको सक्रिय १ सय ३० ज्वालामुखी मध्ये एक छन् ।
source : onlinekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>