काठमाडौं २२ माघ । ‘विद्याकी देवी माता सरस्वती’को अर्चना गर्ने दिन मंगलबार बिहान पूर्वयुराज्ञी हिमानी शाहले बैंककस्थित आफ्ना पति पूर्वयुवराज पारस शाहलाई फोन गरिन् । Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
बैवाहिक कार्यक्रममा सहभागी हुन भारत गएका बेला पारसबारे चलेका नानाभाँति टिप्पणी सुनेर आफू निक्कै दुःखी भएको भन्दै पारसलाई काठमाडौं फर्किन आग्रह गरेकी निर्मल निवासस्रोतले जनाएको छ ।
बैंककको लागूऔषध पुनःस्थापना केन्द्रबाट पारस मुक्त भइसकेका छन् । त्यहाँको पर्यटन प्रहरीसँग रहेको राहदानी फिर्ता दिलाउनका लागि काठमाडौंबाटै निर्मल निवासले पत्राचार गर्ने भएको छ । त्यहीपत्रकार आधारमा पारश नेपाल फर्किनेछन् । बसाईका क्रमा केही तरोतारो बाँकी रहे पठाइदिने हिमानीले भनिन । हिमानीको आग्रहलाई पारशले भ्रदतापूर्ण गरेको र आग्रह चाँडै पुरा गर्ने बताएको स्रोतले जनाएको छ।
यसैवीच पासपोर्ट अभावमा थाइल्याण्डमा अलपत्र अबस्थामा रहेका पारसलाई नेपाल फर्किन बाटो खुलेको छ । त्यहाँको पर्यटन प्रहरीसँग रहेको पारसको पासपोर्ट लिन परिवारका सदस्य पुग्नैपर्ने बाध्यता भएपछि उनी थाइल्याण्डमा अडकिएका हुन् । तर, अब यो समस्या समाधान हुने भएको छ ।
निर्मल निवासबाट ज्ञानेन्द्रले थाइ प्रहरीलाई चिठी लेखेर पासपोर्ट उपलब्ध गराइदिन आग्रह गर्न लागेको जनआस्था साप्ताहिकले छापेको छ । यसैवीच भारत भ्रमणमा रहेकी पारसकी पत्नी हिमानीले पारसलाई फोन गर्दै नेपाल फर्किन आग्रह गरेकी छिन् । उनले त्यहाँ तिर्न बाँकी भएको रकम पनि पठाइदिने आश्वासन दिएकी छिन् । जनआस्थाबाट