बिश्व अदभुत छ | बिश्वका हरेक प्राणीमा फरक फरक किसिमका गुण अवगुण हुन्छन | भनिन्छ केही मानिसले जन्मदेखि नै अद्भूत क्षमता लिएर आएका हुन्छन् त अरु त्यसको ठिक बिपरित।

यसै मध्यमा अद्भूत क्षमता लिएर आएका ११ बर्षिय किरोन विलियमसन जसले आफुले बनाएका पेन्टिङ्गबाट करोडपति बनेका छन् | उनका साथी खेलकुदमा मस्त भएको बेला उनले बनाएको एउटै पेन्टिङ्ग ३५ हजार पाउण्डमा बिक्छ । उनले विशेष गरेर ल्यान्डस्केप पेन्टिङ्ग गर्छन् ।
‘मिनी–मोनेट’ नामले परिचित किरोनले आफ्नो पहिलो पेन्टिङ्ग प्रदर्शनी ६ वर्षको उमेरमा गरेका थिए । गत वर्ष उनले पेन्टिङ्ग बेचेर मात्रै १.५ मिलियन पाउण्ड कमाएका थिए । जसमा एक प्रदर्शनीमा उनले २ सय पचास हजार पाउण्ड केवल २० मिनेटमा कमाएका थिए । उनको अद्भूत क्षमताले गर्दा उनको पेन्टिङ्गको पारखीहरु बढ्नुका साथै अहिले विश्वभरि चर्चित बनेका छन् |एजेन्सीको सहयोगमा:-
उनका केही चर्चित पेन्टिङ्गहरु:-




