Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

होशियार, दलालको फन्दामा पर्दैछन् ६० जना नेपाली

$
0
0

यतिखेर काठमाडौंमा ५० देखि ६० जना नेपाली युरोप आउने भन्दै खुट्टो उचालेर बसेका छन् । मासिक लाखका लाख कमाइन्छ भन्ने आश्वासन पाएर । तिनले १२ देखि १४ लाखका दरले दलाल र पोर्तुगलको कम्पनीलाई रकम पनि बुझाइसकेका छन् । तर तिनलाई थाह छैन, ‘ती दलालको फन्दामा पर्दैछन्’ भनेर । त्यसैले पोर्तुगलको दलालहरुले तिनबाट १२ देखि १४ लाख लिएर युरोप ल्याउन अन्तिम तयारी गरिरहेका छन् । यिनको ठगीमा चक्रपथस्थित सिद्धार्थ मेन पावर र सिनामंगलस्थित आलिस ग्रुप नामको कम्पनीका सुजित श्रेष्ठ लागिरहेका छन् । नेपालीलाई पोर्तुगलमा मालामाल पैसा कमाइन्छ भन्दै दुई लाख कमिशन खाएर पोर्तुगाली ठगलाई जिम्मा लगाउनेमा सुजित त्यहाँका मुख्य नेपाली दलाल हुन् ।

रोनी र इजिल्ट भन्ने दुईजना मुख्य व्यक्ति हुन् । ती ईजरायली हुन् । तर तिनले पोर्चुगाली नागरिकहरु जेम्स र फर्नान्डोलाई कम्पनी चलाउन दिएका छन् । कम्पनीको नाम ट्र्याब सलुसन हो । सोझा साझा नेपालीलाई फसाउन जेम्स भन्ने हाल नेपाल गएका छन् । नेपालबाट तिनले नै यता युरोपतिर ओसार्दै छन् । करिब ६० जना नेपाली तयार रहेका छन् । हाल नेपालमा रहेका दलाल जेम्सको पोर्चुगलस्थित फोन नम्बर यो हो ००३५१९२४४८५८५९ । तर सम्पर्क गर्दा उनको फोन उठेन । नेपालको नम्बर ९८५१०२७२३० हो । यिनीहरुले एउटा कम्पनी बदनाम भएपछि अर्को खोल्ने । फेरि कन्ट्याक लिने । श्रमिक ल्याउने संझौता गर्ने र नेपाली ओसार्ने गर्छन् ।

यो कम्पनी पोर्चुगलमा कालो सूचीमा त परेको छ नै, यसका सञ्चालकपनि पटक पटक ठगीमा परिसकेका छन् । यस पटक नेपालीहरु ओसार्न जेम्स नेपाल गएका छन् । उनले केहि दिन भित्रैमा नेपालीहरु लिएर पोर्चुगल ल्याउने तयारि गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा यि जेम्सका पछाडि बसेर सहयोग गर्ने अरु नेपाली पनि छन् । जेम्सले एक अर्को भुपेन्द्र थापा भन्ने, सोलुका नेपालीलाई निकट बनाएका छन् । उनलेपनि कमिशन खाएर जेम्सकालागि १०, १२ जना जम्मा पारेर बसेका छन् । यिनलाई सहयोग गर्ने अर्का नेपाली दलाल सुजित श्रेष्ठ हुन् । उनले यो दलाल कम्पनीका लागि निर्देशकको काम गरिरहेका छन् काठमाडौं बसेर । उनको काठमाडौंको नम्बर यो हो ९८५१०७०६५२ । यिनको कार्यालय भने सिनामंगलमा छ ।

पोर्चुगलका फेर्नान्डेजको कम्पनीले करिब दुइ सय जना नेपाली कामदारलाई ठगेको छ । फेर्नान्डेज र उनका मानिसले पोर्चुगलमा नेपाली ओसार्ने । तलब माग्दा थर्काउने ।  भनेको नटेरेमा राती १२ बजे पनि बसेको ठाउँबाट निकाल्ने गर्छन् । नेपालबाट ‘हाम्रो कम्पनीमा काम गरेको मासिक ४८५  युरोका दरले दिन्छौं । बस्ने ठाउँपनि दिन्छौं’ भन्दै ल्याउने गरेका छन् । तर यता आइसकेपछि भने दुइ तिन सय मात्रै दिने गरेको पिडितले बताए ।

(नेपालीलाई लोभ्याउन तिनले बाँड्ने भिजिटिङ कार्ड)

गत अक्टोबर २२ को राती यिनले यसैगरि केहि नेपालीलाई मध्य रातमा घरबाट निकालेका थिए । त्यो बेला पिडित नेपालीहरुले ‘एक रात बस्न दिनुहोस् । राती कहाँ जाने ? हाम्रो जाने ठाउँ छैन सर’ भनेर बिन्ति गर्दा पनि ‘कि २५ युरो तिरिहाल । कि भनेको खुरु खुरु गर । कि भर्खरै निस्किहाल’ भन्दै सोझा नेपालीसित २५ युरो लिएका थिए ।

त्यति मात्रै होइन, गत अक्टोबर महिनाको तेस्रो साता यि ठगहरुले नेपालीलाई कुटपिट गरे । त्यसपछि तिनको अत्याचार सहन नसकेर नेपालीहरुपनि जम्मा भइ यिमाथि हातपात गरेका थिए । कर्मचारीलाई कुटपिट गर्ने फेर्नान्दो भन्ने ब्यक्ति हुन् । यि मान्छे ओसार्न हाल नेपाल गएका दलाल जेम्सका दाजु हुन् ।

पहिले पनि यि ठगहरुले २०० मान्छे राखेका थिए । खेतीमा काम गराउने भन्दै । तर काम गराइसकेपछि यिनले महिनौं सम्म तलबपनि नदिएको त्यहाँ काम गरेका एक नेपालीले बताए । ‘सर मेरो पनि दुई महिनाको तलब दिएका छैनन् । मुख खोलौं भने पेपर बिगारिदेलान् भन्ने डर लाग्छ । यिनले दर्जनौं नेपालीलाई ठगेका छन्’ उनले भने ।

यिनीहरुले उताबाट नेपालीलाई मज्जाले कमाइन्छ भन्दै ल्याउँछन् । तर यता आएपछि त्यत्तिकै अलपत्र पारेर छोडिदिन्छन् । काम र पैसा नभएर यिनले पहिले ल्याएका धेरै नेपाली खान नपाएर हैरान परेका छन् । पुग्नेगरि खाना किन्ने पैसा नभएर तिनले थोरै भात पकाउँछन् । १५, २० जनाले मिलेर खाने गर्छन् । महिनौं काम नपाएपछि नेपालीहरु बस्ने र खाने नभएर काम छोड्छन् । कार्यालयमा तलब माग्न जाँदा तलब दिनुको साटो उल्टै थर्काएर पठाउने गरेका छन् ।

पोर्चुगलमा बस्ने बैधानिक कागज पाउन कुनै कम्पनीमा काम गरेको प्रमाण हुनुपर्छ । कम्पनीले फलाना ठाउँमा काम गरेको छ भनेर प्रमाणित गरेको ‘वर्क डिक्लेरेशन’ भन्ने कागज दिनुपर्छ । तर यिनले नेपालीहरुलाई त्यो कागज नदिएर सताउने गरेका छन् । यता ल्याएका धेरै नेपालीलाई खुर्सानि टिप्न र जैतुन (ओलिभ) झार्ने काम लगाउँछन् । दिनको दश घण्टाको दरले २३ युरो दिने भनेर काम लगाउँछन् । टहरो जस्तोमा नेपालीलाई खाँदेर राख्छन् । बस्ने ठाउँ फोहोर छ । सुबिधा केहि छैन ।  वासिङ मेशिन एउटा मात्रै राखिदिएको छ, करिब डेढ सय जना नेपालीलाई लूगा धुन  ।

यिनले यस अघिपनि पोर्चुगलको सरकारलाई ठगेका थिए । कम्पनीको कर छलेको र श्रमिकलाई तलब नदिएको उजुरी परेको थियो । यिनको कम्पनी कालो सूचीमा परेको थियो ।
- नेपाल प्लस
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>