Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

महिला कामदारलाई खाडी मुलुक खुल्ला गर्ने सरकारी तयारी

$
0
0
२७ माघ, काठमाडौं । सरकारले म्यानपावर कम्पनीमार्फत खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन खुला गर्ने तयारी गरेको छ । अहिलेम्यानपावर कम्पनीले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध छ । व्यक्तिगत पहलमा भिसा ल्याएर भने जान पाउने प्रावधान छ ।

खाडीका विभिन्न मुलुक पुगेका महिला कामदारमाथि मानसिक तथा शारीरिक यातना र यौनशोषणका घटना बढ्न थालेपछि सरकारले दुई वर्षअघि म्यानपावरमार्फत महिला कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । म्यानपावरमार्फत पठाउन बन्द गरे पनि खाडीमा महिला जाने क्रम नरोकिएपछि स्पष्ट मार्गनिर्देशक बनाएर पुनः पठाउन दिने तयारी गरिएको सम्बद्ध अधिकारीले बताएका छन् । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ । मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेतलगायतका मुलुकसँग श्रम सम्झौता गरी कामदार पठाउनसमेत गृहकार्य भइरहेको छ । श्रम सम्झौता गर्न विलम्ब भएमा कार्यविधिमार्फत नै कामदार पठाउन खुला गरिने तयारी भएको श्रम तथा रोजगार मन्त्रालयसम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् । कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धि खड्काले म्यानपावरमार्फत पठाउन नपाउने व्यवस्था गरिए पनि अदृश्यरुपमा पठाउने क्रम नरोकिएपछि फेरि अनुमति दिनलाई गृहकार्य गरिएको बताए । ‘सकेसम्म खाडी मुलुकसँग श्रम सम्झौता गर्ने, त्यो सम्भव नभएमा कार्यविधि बनाउन तयारी भएको छ,’ उनले भने ।

कानुनी रुपमा म्यानपावरले पठाउन नपाउने व्यवस्था गरेपछि व्यत्तिःगत पहलमा गएको भन्दै अदृश्य रुपमा म्यानपावरले नै कामदार पठाइरहेका छन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>