Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

करोडौंका तक्मा कुहिँदा नारायणहिटीमा दुर्गन्ध

$
0
0

२९ माघ, काठमाडौं । नारायणहिटी बस्ने ‘महाराज’ पोको पन्तुरो बोकी आफ्नै निजी बासस्थान सरेको ६ वर्ष वित्दा पनि तिनका रिसले बहुमुल्य सामानहरु त्यहीभित्र फ्याँकिएका छन् । मूल्यमा दाँज्दा पनि करोड नाघ्ने जिन्सी यसरी फ्याकिएका छन्, मानौं त्यो ओखरपौवाको डम्पिङ साइट हो ।

मान्छेमाथिको रिस वा उप्रतिको असन्तुष्टि निर्जीव वस्तुमा पोख्दा कसलाई के फाइदा होला र ! अबुझहरुले यस्तो गर्लान्, तर विद्धानले पनि बुझ पचाएपछि के लाग्छ ! अहिले नारायणहिटी दरबारभित्र परराष्ट्र मन्त्रालयले राहदानी विभाग खडा गरेको भवनभन्दा पश्चिमपट्टीको घरमा दुई कोठामा सधै तालाबन्दी हुन्छ ।

राजा रहँदासम्म जुन-जुन मानपदवीका लागि मानिसहरु तँछाडमछाड गर्थे, अहिले ती महत्वपूर्ण पदवीको हरिबिजोग भएको छ । नेपाल प्रताप भास्कर, महेन्द्र माला, गोरखा दक्षिणबाहु (गोदवा), त्रिशक्ति पट्टजस्ता सुनचाँदीजडित पदवीहरु दुवै कोठाभरि थान्को लागेका छन् । ती सामानको थान्को लगाइएको कोठाको साँचो नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिसँग छ ।

तर, त्यो समितिले ती सामान चलाउने अधिकार राख्दैन् । समितिले गृहमन्त्रालाई पटकपटक सामान जिम्मा लिन पत्रचार गरिसक्यो । पहिला गृहलाई बुझाउने र गृहले घरेलु विभागलाई बुझाउनुपर्ने हो । तर, न गृहलाई त्यो मान पदवीको चासो छ, न घरेलु र पुरातत्व विभागकालाई नै । थान गन्तीमा यो संख्या ६ सयभन्दा बढीको रहेको दरबार व्यवस्थापन समितिका प्रमुख लेखबहादुर कार्की बताउँछन् ।

सुनजडित एक थान गोदवा पाँचौको मूल्य आजको बजारमूल्यसँग दाँज्दा २५-३० हजार रुपैयाँ पर्छ । त्यसमा तीन तोला चाँदी र सुनको जलप लगाइएको छ । त्यो भन्दा ठूला पदवी मानिने नेपाल प्रताप भास्कर र महेन्द्रमाला त झन्डै-झन्डै एक एक तोला सुन चाँदी जडित हुन्छन् । दुई कोठा टम्मै भरिएका ती सामान बिक्री गर्दा पनि करोडौ रुपैयाँ आम्दानी हुने छ ।

राजा-महाराजाका नाम, श्रीपेच र संस्कृत भाषामा धार्मिक उक्ति लेखिएका कारण ती मान-पदवी अहिले गणतान्त्रिक सरकारले दिने मान-पदवी सुहाउँदो त नहोला । तर, ती सुन र चाँदीलाई गालेर अहिलेका भाषा र शैलीमा निर्माण गर्न सकिन्छ । कमिशनमा मग्न कर्मचारीले राज्यको ढुकुटीमा सुरक्षित यी चिजको सदुपयोग गरी अहिलेका मान-पदवी बनाउने तातो लगाउन जरुरी छ ।

त्यहाँ भित्र एउटा फरासखाना नामको टहरा छ । सामान्य जनताको घरमा पाँच कोठा निस्कने त्यो टहराभित्र अर्को उदेकलाग्दो दृश्य हेर्न पाइन्छ । महेन्द्र, वीरेन्द्रदेखि दीपेन्द्रसम्मले शिकार खेली जम्मा पारेका दुर्लभ बन्यजन्तुका हाडखोर त्यहाँ राखिएको छ । हावा छिर्ने ठाउँ भएको र बेलाबखत औषधी पनि प्रयोग गरिने कारण राहदानी शाखाको उत्तरतर्फ रहेको फरासखानाले दुर्गन्ध फैलाइ सकेको त छैन् । तर, ती छालालाई दुर्गन्धमुक्त बनाउने औषधीको बजेट नेपाल सरकारले नछुट्याउँदा क्रमशः समस्या उत्पन्न हुँदैछ ।

विदेशतिर भए यस्ता ऐतिहासिक महत्वका सामान अत्यन्तै सुरक्षित र भरपर्दो ढंगले राखिन्थ्यो । शायद, यस्तै भएर हुनुपर्छ कतिपय राणाकालीन बस्तु देशमा कतै भेटिदैनन, तर लण्डनको सरकारी म्युजियममा सुरक्षित छन् ।
- जनआस्था साप्ताहिक
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>