Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

१४ वर्षीय छोराको गर्भ बोकिन् आमा सीतलीले

$
0
0
स्याङ्जा, भदौ ८ – अवैध गर्भ रहेको विषयलाई लिएर वडा प्रहरी कार्यालय वालिङ शनिबार दिनभर तनावग्रस्त रह्यो । स्याङजाको खिलुङदेउराली ५ की सीतली गोदारको गर्भमा रहेको सन्तान कसको भन्ने विषय विवादमा परिणत भएपछि प्रहरीलाई विवाद मिलाउनै हम्मे हम्मे पर्‍यो । सुरुमा सीतलीले आफ्नो गर्भमा रहेको सन्तानको बाबु आफ्नै ससुरा भएको बताइन् । त्यसपछि प्रहरीले सीतलीका ससुरा तिलबहादुर गोदारलाई पक्रियो । तर सीतलीले एकैछिनमा बयान फेरिन र सन्तानको बाबु आफ्नै १४ वर्षका छोरा भएको बताएपछि विवादले उग्र रुप लियो । सीतलीको बयानपछि प्रहरीले ससुरालाई छाडेर सीतलीका छोरालाई पक्रियो । स्थानीयबासिन्दाले भने प्रहरी र सीतलीको मिलेमतोमा निर्दोष छोरालाई फसाइएको भन्दै प्रहरी कार्यालय घेराउ गरे । त्यसक्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप पनि भयो । झडपका क्रममा केही घाइते समेत भएका छन् । तिलबहादुरले बुहारीलाई करणी गर्दा गर्भ रहेको स्विकारे पनि प्रहरीले उनलाई छाडेर छोरालाई नियन्त्रणमा लिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । स्थानीयबासिन्दाको विरोधपछि प्रहरीले तिलबहादुरलाई पुन पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाएको छ । - उज्यालो
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>