Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

श्रीमानले छोडेपछि अन्तरजातिय विवाह गरेकी महिलाको बिचल्ली

$
0
0
२९ माघ, धनगढी । १५ वर्षअघि अन्तरजातीय विवाह गरेकी बझाङ चैनपुर–१ की मञ्जु रसाइली श्रीमानले छोडेपछि अहिले घर न घाटकी भएकी छन् । २०५४ सालमा प्रेमविवाह गरेकी मञ्जुका श्रीमानले दुई वर्षयता सम्पर्कसमेत नगरेपछि उनी अलपत्र परेकी हुन् ।

१० कक्षामा पढ्दै गर्दा १४ वर्षकै उमेरमा प्रेममा परेर रसाइलीले जिल्लाकै लामातोला–६ ऐचली बगरका धनप्रकाश गिरीसँग विवाह गरेकी थिइन् । विवाहपछि मञ्जु श्रीमानसहित १२ वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएकी थिइन् ।

तर, २०६६ जेठमा तलब बुझ्न भनेर कोठाबाट निस्केका श्रीमान् बैंगलोर नफर्केपछि दुई नाबालक छोराछोरीसहित श्रीमान् खोज्दै नेपालगन्ज हुँदै बझाङ आइपुगेकी थिइन् । मञ्जुका नौ वर्षीय छोरा र तीन वर्षीया छोरी छन् ।

‘श्रीमान् फर्केर नआएपछि खोज्दै गर्दा घरमा आएर अर्की महिलासँग विवाह गरेर पुनः भारतमा गएको बुझिएको छ,’ मञ्जुले भनिन् । यद्यपि, उनले श्रीमान्सँग भने नभेटेको बताइन् । श्रीमान्का घरमा जाँदा परिवार र छिमेकीले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको मञ्जुले गुनासो गरिन् । ‘घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन्, माइतीका घरमा आयो भने तैंले आफ्नो मनमर्जीले विवाह गरेकी भन्छन्,’ मञ्जुले दुखेसो गरिन् ।

दुवै पक्षले बहिष्कार गरेपछि उनले गत १२ पुस २०६७ मा नाता कायम, अंशबन्डा र नाबालक छोराछोरीको पालनपोषण गरिपाऊँ भनेर जिल्ला अदालत बझाङमा श्रीमान् धनप्रकाश र उनको परिवारका नाममा मुद्दासमेत दायर गरेकी थिइन् । हाल अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा मुद्दा दर्ता गर्न दलित महिला संघले सहयोग गरेको मञ्जुले बताइन् ।
- राजधानी दैनिक
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>