रवि रोषी । "आजकालका ठिटा", "मेरो लाली ओठ", "उर्लिएको बैंस"र हालै मात्र "तिम्रो मन"जस्ता एल्बममा मधुमाधर्य स्वर अंकित गरी बजारमा ल्याएर नेपाली लोकगायनको सांगीतिक आकाशमा उदाएकी एउटी नक्षत्र हुन् रितिका कुँवर ।
२०४६ साल दाङको घोराही नगरपालिका वडा नं. ६ मा जन्मिएकी रितिकालाई आफु लोकगायिका बनेर यति धेरै चर्चा कमाउन सकिन्छ भनेर कल्पना पनि गरेकी थिईनन् । दाङको मझिर माध्यमिक विद्यालय पढ्दै ताका देखि नै रितिकाले लोक गायनप्रतिको औधी सौख र साधनाले आफु यस स्तर सम्म आउने अवसर प्राप्त भएपछि उनी अहिले आफ्नो सम्पुर्ण समय यसै क्षेत्रमा समर्पण गरेकी छिन् । तर उनको गायनी प्रतिभा एल्बम र नेपालका विभिन्न जिल्लाका महोत्सवको स्टेजहरुमा मात्र सिमित रहेको छ ।
सुरिलो स्वरकी धनी नवप्रतिभा रितिका कुँवरको स्वर मात्र सुन्दर होइन, उनी रुपमा पनि त्यति नै सुन्दरी छिन् । आफ्नो गायनी कलाको क्षमताको बारेमा धेरै प्रशंशा सहित बजारमा चर्चा चले पछि उनी नेपालको बाग्लुंग, कास्की, पाल्पा लगायत विभिन्न ठाउँमा गएर वाहवाही कमाएता पनि अहिले सम्म विदेशमा गएर आफ्नो गायनी कला प्रस्तुत गरी लोक दोहोरी प्रेमी नेपाली दाजुभाईहरुलाई छमछम नचाउन भने नपाएको उनी बताउँछिन् । व्यवशायिक रुपमा सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै उनले बजारमा ल्याएको एल्बमको गीत
मलाई पनि बैंसको मातै चढ्यो नि
लोभिने त केटाको जातै पर्यो नि ।
र
आजकलको ठिटाको आँटै हुँदैन
गोजीमा हेर्यो त गाँठै हुँदैन ।
भन्ने गीतले नेपालमा राम्रो बजार तताएको स्मरण गर्छिन् । स्टेज प्रोग्राममा दर्शकहरुको सामुन्ने उभिएर दर्शकसंग इत्रिदै गीत गाउन उनलाई एकदम रमाइृलो बताउने रितिकाको ठट्यौलो बानीलाई दर्शकहरुले औधी रुचाउने गरेको बताउँछिन् । मेरो रुप र गायनी देखेर स्टेज अगाडि नै नाचेर रमाउने दर्शकलाई मैले पनि गीतको भाकामा र आखाको सन्कोमा आँखा झिम्काईदिएर ठाम्को ठाम् बनाईदिन्छु भन्दै रमाईलो किस्सा सुनाउँछिन् रितिका ।

म्युजिक भिडियोमा समेत अभिनय गरेकी उनि मुलूकबाहिर आफ्नो गायनी कला प्रस्तुत गरी प्रवासमा रहने दर्शकहरुलाई स्वस्थ मनोरञ्जन दिन एकदम आतुर छु भन्छिन । एक चोटी त्यहा आउने निम्तोको सिटी बजाउनुहोस् , तपाईं बस्नुभएको देशको सहरमा हुर्रिएर आउनेछु । उनले स्काईपमा हास्दै ठट्टा गर्दै बताईन् । बिबाहिता, अबिबाहिताको बारेमा रीतिका भन्छिन, "मलाइ तपाइँ बस्नु हुने देशमा बोलाउनुहोस, कानमा नै सुटुक्क भनुला...."