Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बेहुली अन्माउन नपाउँदै बेहुलीकै घरमा बेहुलाको मृत्य

$
0
0
सिरहा : मिथिला संस्कृतिअनुसार विवाह उत्सवको सबैभन्दा मधुरबेला। वैदिक विधिअनुसार विवाहको कर्मकाण्ड सकिने बित्तिकै सुरू हुन्छ कोहवर घर। अर्थात् दुलाहा र दुलहीको पहिलो मधुर भेट, त्यो पनि बन्द कोठा भित्र। तर अनिता कुमारी यादवको जीवनमा कोहवर घर भित्रै बज्रपात भयो।
विवाहको कर्मकाण्ड सकेर बिहान ४ बजे दुलाहा र दुलही कोहवर घरमा प्रवेश गरे। बिहान ५ बजे दुलाहाको लागि चिया लिएर भित्र जानेले भने, 'पाहुन चाय लिए'( भिनाजू चिया लिनुस् )। तर दुल्हा कमलेश यादवको ओछ्यानमै मृत्यु भइसकेको थियो। 
रातभरीको उमंग उल्लास एकै क्षणमा रुवाबासीमा परिणत भयो। छोरी अन्माउन सर्दाम ठिकठाक गर्न जुटेका बेहुलीका मातापितालाई छांगाबाट खसेजस्तै भयो। बेहुलीले खप्नै सकिनन् मुटु चिथोर्ने व्यथा। उनी मुर्छा परेर ढलिन्। पानी छ्यापेर पनि होस नखुले पछि विवाह सम्पन्न भएको एक घण्टा पछि नै सिन्दुर पुछिएकी अनितालाई अस्पताल पुर्‍याइयो।
यो घटनाले सिंगो समाज स्तव्ध भएको छ। बेहुली अन्माउन नपाउँदै बेहुलाको मृत्यु भएपछि सिरहाको चन्द्रअयोध्यापुर १ चोहर्बा गाउँ अहिले शोकमा डुबेको छ। 
सिरहा नगरपालिका २ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर १ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न मात्र हुन पायो। विवाहको लागि आएको जन्ती फर्किन नपाउँदै जन्ती मलामीमा परिणत भए।
दुलहीको दाजु अरविन्द कुमार यादव दुलहालाई बिहान ६ बजे चिया लिएर जाँदा उनको मृत्यु भइसकेको थियो। अरविन्दले भने, 'बिहानपख विवाहको सबै रिती रिवाज सकेर बेहुला सुत्न गएका थिए, बिहान ६ बजेतिर चिया दिन उठाएको उठदै उठेनन्।'पहिला दाइलाई सुनाएँ, उनले पनि पत्याएनन्। तर पछि सबैले गएर हेर्दा कक्रिसकेको थियो।’
अरविन्दका अनुसार बेहुला मृत फेला परेपछि उनलाई एम्बुलेन्समा राखेर डक्टरको पुर्‍याइएको थियो। तर डक्टरले मरिसकेको घोषणा गरे। दुलहीकी ८० वर्षिया हजुरआमा कपलेश्वरीदेवी यादवले बिलौना गर्दै भनिन्, 'नातीनी अन्माउन खोज्दा के यस्तो दैव लाग्यो, यति राम्रो केटा विवाहको विधि सकेर सुतेकोसुतै भयो।'
उता बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घरमा पनि रूवाबासी छ। बेहुलाका पिता पल्टु यादवले भने, '२० वर्षिय लक्का जवान छोराको मृत्यु, त्यो पनि विवाह सम्पन्न भएको एक घण्टा भित्रै। कसरी सहनु यो पिडा? सके त म भगवानसँग पनि लड्थेँ होला, तर छाति पिट्नु बाहेक म के नै गर्न सक्छु र!'
बेहुला कमलेशको घरमा बिहीबार २ बजेको लागि प्रीति भोजको आयोजना गरिएको थियो। 'घरमा बेहुली हेर्न आउनेहरूको घुइँचो लाग्दै थियो तर अचानक मृत्युको खबर आयो', कमलेशका आफन्तले भने।
बेहुला कमलेशको मृत्यूको कारण अझै खुलेको छैन। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले घटनाको अनुसन्धान भइरहेको बताए। 'अहिले नै मृत्युको कारण भन्न सकिँदैन। अनुसन्धान र पोस्टमार्टम पछि मात्र थाहा पाइएला,'सुवेदीले भने। 
source : annapurnpost

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>