८ फागुन, एजेन्सी ।
रुसको एक बिमानबाट विमानकी परिचारिका खसेकी छिन् । दुवई अन्तराष्ट्रिय विमानस्थलबाट उड्न लागेको बिमानबाट ३७ वर्षीया मारिना जेल्यामोभा नामकी परिचारिका खसेको बताइएको छ ।
रुसी बिमान युरल एयरलान्सका प्रमुख जनसम्पर्क अधिकारी सेर्जे एन्टोनोभा अनुसार मारिनाको अवस्थामा गम्भिर रहेको छ । घाइते मारिनाको उपचार भरहेको र अवस्था खतरामुक्त हुँदै गएको बताइएको छ ।
बिमान कम्पनीले परिचारीका मारिनाको उपचारका लागि लाग्ने सबै खर्च कम्पनीले बेहोर्ने बताएको छ । मारिना विमानको ढोका नजिकै उभिरहेको अवस्थामा ढोका लगाउने तयारी गर्दा यात्रु चढ्ने भर्याङ बोकेको ट्रकलाई त्यहाँबाट हटाउने कार्यका क्रममा उक्त ट्रक ढोकामा ठोक्किँदा उनि खसकी हुन् ।
गाडीले ठक्कर दिंदा मारिना विमानबाट तल खसेको बताइएको छ । ट्रक बिमानमा ठोक्किएपछि विमानमा पमेत सामान्य क्षति पुगेको छ । परिचारीका खसेर बिमानमा क्षतिप पुगेपछि विमानको उडान १२ घण्टा ढिलो गरिएको थियो ।