उदयपुर, फाल्गुन ८ - यौन व्यावसाय सञ्चालन गर्ने सदरमुका गाईघाटका रेष्टुरेन्टमा बुधबार प्रहरीले छापा मारेर तीनलाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालीका - २ मा रहेको फेमीली रेष्टुरेन्ट र यौन व्यावसाय संचालन गर्ने एक घरमा छापा मारे दुई महिलासहित तीनलाई पक्राउ गरिएको हो । रेष्टुरेन्टमा बसेर यौनक्रियामा संलग्न एक जोडिलाई पक्राउ गरिएको नगर प्रहरीका प्रहरी नायव निरीक्षक फिरोज चौधरीले वताए । त्यसै गरि घर भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएकी खोटाङ घर भएकी एक महिलालाई पक्राउ गरिउको उनले वताए ।
प्रहरीले छापा मार्ने क्रममा झ्यालबाट भाग्न खोज्दा एक युवक घाइते भएका छन । रेष्टुरेन्टबाट भाग्दा युवकको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
नगर क्षेत्रमा यौन व्यावसाय सञ्चालन बढदै गएको गुनासो बढदै गएपछि नगर प्रहरीका प्रहरी नायव निरीक्षक चौधरीले दुई दिन यता निगरानी बढाएका थिए । अवैध मदिरा र यौन व्यावसायलाई कडाई गर्ने उद्देश्यले छापा मार्न सुरु गरिएको प्रहरी निरीक्षक बाबुराम पोखरेलले वताए ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर कारबाही अगाडि बढाइएको छ ।

- कान्तिपुर