Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘युवराज’को वीर्य बेचेर वर्षमा ६४ लाख आम्दानी

$
0
0
भारतको हरियाणाका एक पशुपालक किसान राँगोको वीर्य बचेर वार्षिक ६४ लाख कमाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार कुरुक्षेत्रका करमवीर सिंहले पालेको मुर्रा जातको उक्त राँगोको वीर्यको माग उत्तर प्रदेशमा धेरै छ । सिंहले राँगोको नाम ‘युवराज’ राखेका छन् । यही नामले भारत उत्तर प्रदेशमा उक्त राँगोको ख्याति पनि छ । 

विशेष गरी भैसीपालक किसानहरु माझ । ‘युवराजको वीर्य बेचेर हाम्रो वार्षिक आम्दानी ४० लाख रुपैयाँ (नेपाली ६४ लाख बराबर) छ’ आजतक समाचारसंस्थालाई सिंहले भने, ‘यसको वीर्यको माग पञ्जाब, उत्तरप्रदेश, राजस्थान लगायतका राज्यमा छ ।’ उनले पाँच वर्ष अघि देखि उक्त राँगोको वीर्य बेच्दै आएका छन् । उनका अनुसार एक खुराक (डोज) वीर्य ३०० रुपैयाँमा बिक्री हुन्छ । सिंहले वार्षिक १५ हजार देखि २० हजार खुराक वीर्य बिक्री हुने जानकारी दिए । स्थानीय पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौराले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार मुर्रा भैसीले बढी दुध दिने भएकोले किसानहरु उक्त वीर्य प्रयोग गराउन प्राथमिकता दिन्छन् 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>