Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

खाना खानेबित्तिकै गर्नै नहुने ७ कुराहरु, तपाईको बानी सुधार्नुपर्ने पो हो कि ?

$
0
0
आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ।

सुत्नेः 

धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।
 
नहुाउनेः  

सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ ।

पेटी खुकुलो बनाउनेः 

केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।
  
फलफूल खानेः 

खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।

हिड्नेः  

धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ ।

चिया पिउनेः 

केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

धुम्रपान गर्नेः  

खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>