Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मन्त्रीपरिषद् अध्यक्षको घरनजिक प्रेसर कुकर बम

$
0
0
पाल्पा, असार १० - मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित घरनजिक सोमबार बिहान प्रेसर कुकर बम फेला परेको छ । पोखराथोक गाविस वडा नं ६ धोबाबीस्थित अध्यक्ष रेग्मीको पुख्र्यौली घरबाट ३० मिटर उत्तरपूर्वमा बम भेटिएको हो । बुटवलबाट नेपाली सेनाको बम डिस्पोजल टोली बमलाई निस्क्रिय पारेको छ । । नेकपा-माओवादी (क्रान्तिकारी) को नाममा लेखिएको पर्चामा संविधानसभाको चुनावको मिति घोषणाको बिरोध गरिएको छ । तीनतले उक्त घरमा कुरुवा परिवार बस्दै आएका छन् । बिहान उक्त शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । - कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>