पोर्न स्टार सन्नी लियोनी यतिबेला चर्चामा छिन् । उनलाई चर्चामा ल्याउने काम ‘रागिनी एमएमएस २’ ले गरेको हो । एकता कपुरको निर्माणमा तयार भएको यो सिनेमाको एक गीतमा सन्नी लियोनीको उत्तेजक नृत्य हेर्न सकिनेछ । र्यापर हनी सिंहको साथमा सन्नीलाई फिचरिङ गरिएको ‘चार वोत्तल वोदका’ गीतले चार्टबस्टरमा चर्चा पाउने विश्वास गरिएको छ । यो गीतले सन्नी लियोनीलाई आइटम नृत्यमा झनै चर्चित बनाउने अड्कल काटिएको छ ।


