Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपालका रक्तदातालाई प्रोत्साहन गर्न १ लाख प्रदान

$
0
0
नेपालका रक्तदातालाई प्रोत्साहन गर्न १ लाख प्रदान 
फाल्गुन १५,भर्जिनिया 
विजय थापा 

फ्रान्समा बसोबास गर्दै आएका नेपाली मूलका प्रशान्त उप्रेतीले नेपालमा रक्तदाताहरुलाई उत्प्रेरणा र हौसला पुगोस भन्ने हेतुले रु. १ लाख सहयोग गरेका छन l  फ्रान्सबाट काठमान्डू भर्खरै मात्र आई पुगेका उप्रेतीले फ्रान्समा रहंदा नेपालमा बिरामीहरुले समयमा रगत नपाएर जीवन गुमाएको थाहा पाउदा धेरै दुख लागेको बताउदै आफु आएको २ दिनमा नै उक्त रकम हस्तान्तरण गरेको बताए l

नेपालमा व्यापक रुपमा रक्तदान बारे उत्प्रेरणा गर्नुपर्छ भन्ने सोच रहेकोले इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स (अन्तर्राष्ट्रिय नेपाली रक्तदाता )का उप-समितिका सदस्य खेटराज मैनालीलाई उक्त रकम हस्तान्तरण गरेका छन् lसोहि अबसरमा आम युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान गर्न आब्वान गर्दै आफुहरु विश्व ब्यापी रुपमा रक्तदान कार्यक्रममा सघाउ पुर्याउन इच्छुक भएको कुरा व्यक्त गरे l  


विश्वको कुनै पनि भागमा नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपालि रक्तदाताहरुको संस्थामा उप्रेती कार्यकारिणी सदस्य पनि हुन् l नेपालमा रहदा उनि लायन्स क्लबस अन्तर्राष्ट्रिय जिल्ला ३२५ ए मा संलग्न रहेका थिए भने करिब ६ बर्ष अगाडी फ्रान्समा गए पछि पनि त्यहाका नेपाली  संघ संस्थाहरुमा आबद्द भै बिभिन्न सेवा कार्यमा संलग्न रहेका छन l

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>