September 3, 2013, 3:56 am
कालिका भाद्र १८–
दाम्पत्य जीवनमा सानो तिनो झगडा र उतारचढाव हुनु सामान्य नै हो । तर कुनै श्रीमतीले सानो झगडालाई पनि ठूलो मानेर श्रीमानको हत्या गर्न सक्नु भनेको कुनै सामान्य कुरा पक्कै पनि होइन । पूर्वी चीनमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरी शवलाई टुक्रा टुक्रा पारेर प्रेशर कुकरमा पकाएकि छिन् ।
सुन्दा कति डरलाग्दो छ हैन, तर यो कुनै काल्पनिक नभएर वास्तविक घटना हो । क्रेजीन्युज २४ को खबर अनुसार यस आरोपित महिलाको दोस्रो श्रीमान पनि थियो । मार्नुभन्दा पहिले महिलाले जुन महिनामा आफ्नो श्रीमानलाई तीन दिनसम्म बन्धक बनाएर राखेकि थिइन् ।
यस क्रममा ती महिलाले श्रीमानलाई अन्न पानी केही पनि खान दिएकि थिइनन् । महिलाका अनुसार उसको श्रीमानले छोरीसंग नराम्रो व्यवहार गरेका कारण यस्तो कदम उठाउन बाध्य भएको बताएकि छिन् ।
↧