Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आमिर खानको ‘सत्यमेव जयते’ को दोस्रो संस्करण शुरु (भिडियो सहित)

$
0
0
एजेन्सी। सुपरस्टार आमिर खानले आइतवार आफ्नो बहुचर्चित शो ‘सत्यमेव जयते’ को दोस्रो श्रीङखला सुरु गरेका छन्।उनले पहिलो शोमा भारतमा बलात्कारका गंभीर मुद्दा उठाएका थिए । ४८ वर्षीय अभिनेताले एपिसोडको शुरुआत १६ डिसेम्वरमा दिल्लीमा भएको जघन्य सामूहिक अपराधको सम्झनावाट गरेका थिए। यस घटनाले पूरै देशलाई स्तब्ध बनाएको थियो । कार्यक्रममा अमिरले कालो रंगको स्पोर्टिग ब्लाक ब्लेजर लगाएका थिए । उनले भने जब हाम्रो शोको पहलो संस्करण समाप्त भयो तब दिल्लीमा १६ डिसेन्वरमा सामुहिक बलत्कार भयो यस घटनाले पूरै देशलाई स्तब्ध बनायो।
त्यस घटनाले बिषेश गरी युवाहरुको विचारलाई प्रभावित बनाए पछि पिडितलाई न्याय माग्दै प्रदर्शन सुरु भएको थियो । आमिरले आफ्नो दोस्रो संस्करणमा प्रर्दशनकारीहरुको रिसको क्लिप, अपराध सम्बन्धी कानूनी, चिकित्सक र न्यायिक उदासीनताको चर्चाबाट कार्यक्रम शुरुआत गरेका थिए। दुई घन्टाको शोमा अमिरले देशका विभिन्न हिङ्सा पिडीत महिलाका भोगाइ पनि प्रस्तुत गरेका थिए । द्रोस्रो संस्करणले सामाजिक सञ्जालमा तहल्का मचाएको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>