२२ फागुन, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीस्थित मगरगाउँमा एकै परिवारका तीनजनाको ज्यान लिने गरी भएको रहस्यमय हत्या घटनामा “पारिवारीक कलह” नै मुख्य कारण भएको बुझिएको छ ।
इिडिभी चिठ्ठा परेर अमेरिका जाने तयारीमा रहेका सलार्ही हरिवनका ३५ बर्षीय श्यामध्वज महत, उनकी श्रीमती सुनीता कार्की महत र चारवर्षीया छोरी नानु महत फागुन १० गते शुक्रबार बिहान मृत अबस्थामा फेला परेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख जगतमान श्रेष्ठले अमेरिका जाने तयारीका लागि सुसुराली घरमा बस्दै आएका महत परिवारको बाह्य अपराधिक समुहले नभइ पारिवारीक कलहका कारण स्वयं श्यामध्बाट नै हत्या र आत्महत्या भएको स्पष्ट पारेका छन् ।

त्रिवि शिक्षण अस्पताबाट प्राप्त रिर्पोटले पनि शयमध्वजकी श्रीमती र छोरीको हत्या तथा श्यामध्वजको आत्महत्या भएको देखाएको आजको गोरखापत्रले लेखेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, श्रीमान र श्रीमतीवीच कलहका कारण श्यामध्वजले श्रीमती र छोरीको गर्धन थिचेर हत्या गरिसेकपछि आपूmले पनि आत्महत्या गरेका हुन् ।
तर, महतका आफन्तले भने उनीहरुबीच मनमुटाव नभएको बताएको छ । प्रंहरी उपरिक्षक श्रेष्ठ भन्छन् “साझ हाँसीखुसी सुतेका श्रीमान श्रीमतीवीच मध्यरातमा के कुरामा विवाद सिर्जना भयो त्यो कुरा पत्ता लाग्न सकेको छैन् ।
मृतकका परिवारले विवाद नभएको भनेपनि दम्पतीवीच अलि अगाडि देखि नै पारिवारीक कलह भएको हुनसक्छ । सर्लाहीका महत र भक्तपुर थिमीकी कार्कीबीच अन्रतजातिय विवाह भएको थियो । हत्याको पछाडि अमेरिका जाने र आर्थिक रकम जुटाउने विषयमा विवाद भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
शुक्रबार मध्यरातमा भएको सो हत्या घटनामा शयमध्वजले खाटमा सँगै सुतेकी श्रीमतीको घाँटी थिच्दै गर्दा चारवर्षीया छोरी नानुले “मामुलाई त्यसो नगर्नुस” भनेर चिच्याएको आवाज सुनेको स्थानीयले बताएका हुन ।
महतले श्रीमतीको हत्या गरिसकेपटि पोल खुल्ने डरले छोरीको गर्धन थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । आमा–छोरीको हत्यामा गर्धन थिच्ने प्रयोग भएका ( फिङ्गर प्रिन्ट) हातहरुको छाप तथा डोबहरू मिल्न गएकाले हत्या श्यामध्वजले नै गरेको र आफूले आत्महत्या गरेको मेडिकल रिर्पोटमा उल्खेछ ।