प्युठान, २३ फागुन । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्युठानले एक व्यक्तिलाई पक्राउ गरेको छ । एक वर्ष अघिदेखि ढुंगेगढी–१ तालपानीका ४१ वर्षीय गोविन्दबहादुर सोमैले १८ वर्षीया छोरीमाथि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । वर्ष दिनदेखि बाबुबाट छोरी यौन शोषणमा पर्दै आएको भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए । सोमैले सो आरोप स्विकारेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सेख अदालतले बताए । पक्राउपछि मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । सोमैलाई अस्थायी प्रहरी पोस्ट बड्डाँडाले पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । स्रोत : नया खबर
↧