Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जेलभित्र सुन्दरी प्रतियोगिता (फोटोफिचर सहित)

$
0
0


कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए ।

२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निणर्ायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए । सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्दा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।


Onlinekhabar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>