Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कलिला नानीहरूलाई यसरी यौन व्यवसायका तालिम दिदो रहेछ् (भिडियो हेर्नुहोस्)

$
0
0


यो भिडियो क्लिपमा कालो रंगको प्रोफेसनल सुट र सेतो सर्ट लगाएकी एक जना इन्स्ट्रक्टरले सहभागी युवतीहरुलाई आफ्नो व्यवसाय बढाउन सामाजिक सञ्जालको प्रयोग गर्न सुझाएकी छन् ।चीनको एउटा भिडियो इन्टरनेटमा भाइरस जस्तै फैलिरहेको छ । यो भिडियोमा केही चिनियाँ युवतीहरुलाई उनीहरुको ‘सेवा’ सुधार्न प्रोस्टिच्युसन कोर्स (वेश्यावृत्तिसम्बन्धी तालिम) दिइरहेको देखाइएको छ ।

‘चाइनिज ट्विटर प्रयोग गरेर तपाईं धनी ग्राहक पाउन सक्नु हुन्छ । यति मात्र होइन तपाईं बेकारका ग्राहकबाट पिछा छोडाउन समेत सक्नु हुन्छ ।’ उनले भनेकी छन् । इन्टरनेटमा चुहावट भएको भनिएको यो भिडियोमा तालिम दिने युवतीले केही प्राक्टिकल टिप्स पनि दिइरहेकी छन् ।

उनका अनुसार यो टिप्सबाट ती युवतीले आफ्ना ग्राहकको संख्या बढाउनुका साथै धेरै पैसा पनि कमाउन सक्ने बताएकी छन् । यसमा करिब एक दर्जन युवतीलाई एउटा सानो कक्षा कोठामा उच्च घरानाका ग्राहक फसाउने टिप्सहरु सुनिरहेको देखाइएको छ ।


यो भिडियोको आधिकारिकता भने हालसम्म पुष्टी भएको छैन । तर युकु, सोही र युट्युब जस्ता भिडियो सेयरिङ साइट्मा यो तीव्र गतिमा फैलिरहेको छ ।

चीनमा ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्तिपछि यौन व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो । तर बढ्दो आर्थिक विकास र सहरमा पश्चिमी संस्कृति फैलिएका कारण यहाँ देह व्यापारले प्रसय पाउन थालेको हो । हाल चीनका साना सहरमा समेत रेड लाइट एरिया छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>