Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दुबईमा लोसारको रमझम (फोटोफिचर)

$
0
0
दुबईमा लोसारको रमझम
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । हामी नेपालीहरु विश्वको जुन देशमा रहेता पनि आ–आफ्नो धर्म, रीतिरिवाज, संस्कृति, चाडपर्व, परम्परा, जातीय पहिचान र भेषभुसालाई जोगाई राखेको पाइन्छ । यस्तै खालका शेर्पाहरुको पहिरन, पूजाआजा र विविध सांस्कृतिक कार्यक्रमका साथ (शिड्–फो त’लो २१४१) को उपलक्ष्यक्षमा लोसार मनाएका छन् । गएको ७ मार्च शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा शेर्पा किदुग युएईद्धारा शो कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव तथा संघीय समाजवादी पार्टीका ईन्जार्च–प्रवास संगठन फांटका स्थायी समिति सदस्य आङकाजी शेर्पा (किसान) रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका अध्यक्ष पासाङ रेन्जी शेर्पाले गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई शेर्पा संचार समुहका अध्यक्ष पेम्पा गेलु शेर्पाले संचालन गर्नु भएको थियो ।
प्रचार प्रसार सचिव निमा दावा शेर्पाको शुभकामना मन्तव्यबाट थालनी गरिएको कार्यक्रममा प्रमुख अतिथि आङकाजी शेर्पा र कार्यक्रमका अध्यक्ष पासाङ रेन्जी शेर्पाबाट बुद्ध भगवानको पूजाआजा समेत गरिएको थियो ।
शेर्पाहरुको आफ्नै मौलिक भेषभुसा र संस्कृति अनुसारको शेर्पा स्वागत नृत्य लगत्तै “मलाई पुगेन बैशले” भन्ने गीतमा मुना राईको नृत्यले हललाई तताउन सुरु गरेको थियो । “तिमी मेरो मान्छे” मनिषा राईले गाएको आफ्नै एल्वमको गीतपछि “राम्री पनि भाकी छु” भन्ने गीतमा रितु श्रेष्ठको नृत्यले अझै थप मनोरञ्जन दिएको थियो ।
त्यसैगरी “हेर्दिन भो धेरै” नारायण न्यौपानेले गाएको आफ्नै एल्वमको गीत पनि निकै सान्र्दभिक लाग्थ्यो । गुरुङ चलचित्रका निर्देशक, नायक तथा गायक मनोज गुरुङले गाएको “नजलाऊ बेर्थै साथी” र “धन मायाले धनै माग्यो” गीतमा दर्शक नाच्नसम्म भ्याएका थिए । अन्य कलाकारहरुको प्रस्तुतिले पनि रमाइलो भएको थियो ।
सो अवसरमा शेर्पा किदुग युएईलाई स्थापनाकालदेखि विभिन्न क्षेत्रमा योगदान दिने पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रमुख अतिथि लगायत अन्य अतिथिहरुलाई पनि सम्मानपत्र दिइएको थियो ।  







Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>