Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अन्तरास्ट्रिय कलाकार मँच अमेरिका सहित अमेरिकामा रहेका चार संस्थाहरुको संयुक्त आयोजनामा आयोजित एउटा सम्मान कार्यक्रम भब्यरुपमा सम्पन्न

$
0
0



अन्तरास्ट्रिय कलाकार मँच, अमेरिका सहित अमेरिकामा रहेका चार संस्थाहरु नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अ.ने.सा.स.,डिसी म्याट्रो च्याप्टर, अमेरिका नेपाल साहित्य प्रतिस्ठानको संयुक्त आयोजनामा आयोजित एउटा सम्मान कार्यक्रम अमेरिकाका लागि काबा राजदुत ॠषि घिमिरेको प्रमुख आतिथ्यमा म्यारिल्यान्डको सिल्भर स्प्रिङ्गमा भब्यरुपमा सम्पन्न भएको छ । प्राज्ञ एबम नेपालका चर्चित

नाट्य एबम साहित्यकर्मी अशेश मल्लले अमेरिकामा आउँदा आफुले देखेको कला सँस्क्रिती साहित्यको माहोलले आफु उत्साहित भएको बताउँदै नेपालको कला र साहित्य क्षेत्र अन्तरराष्ट्रिय जगत मै लोकप्रिय हुन थालेको बताउनुभयो । प्राज्ञ एबम बरिस्ठ गीतकार साहित्यकार उन्नती बोहोरा शिलाले आफुहरुलाई अमेरिकामा सम्मानित गर्ने चार संस्थाहरु प्रती आभार प्रकट गर्दै दुई चर्चित वहाँका राष्ट्रिय गीत गाउनु भएको थियो । पुरानी लेखक, साहित्यकार हिरण्य कुमारी पाठक, बरिस्ठ कला एबम साहित्यकर्मी साबित्री मल्ल र नयाँ पिन्धिका जजल्यमान तारा, लेखक, नाट्य तथा साहित्य कर्मी कृष्ण शाह यात्रीले पनि आ आफ्ना रचना पाठ का साथमा मन्तब्य राख्नुभएको थियो । काबा राजदुत ॠषि घिमिरेले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिंदै कला सँस्क्रिती र साहित्यलाई जोगाउन एबम यसलाई विश्व ब्यापी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष राम प्रसाद खनाल ले नेपाल का यस्ता सम्मानित प्रतिभा हरुलाई अमेरिकामा स्वागत र सम्मान गर्न पाएको मा आफुहरु गर्बित भएको बताउनुभयो । नेपाली साहित्य प्रतिस्ठान का अध्यक्ष बसन्त श्रेष्ठ, महा सचिब हेमन्त श्रेष्ठ, अनेसासका संस्थापक अध्यक्ष एबम बरिस्ठ साहित्यकार होमनाथ सुबेदी, बरिस्ठ पत्रकार सोमनाथ घिमिरेले पनि आफ्ना सारगर्भित मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा अमेरिका नेपाल साहित्य प्रतिस्ठानका अध्यक्ष गोबिन्द गिरी प्रेरणाले पाँचै जना सम्मानित ब्यक्तित्वहरुको बारेमा परिचय राख्नुभएको थियो । कार्यक्रममा अनेसासका डिसी म्याट्रो च्याप्टर अध्यक्ष प्रकाश नेपाल, कबिहरु क्रमश शरद निरौला, प्रेम सङ्रौला, किशोर पन्थी, बासु श्रेष्ठ, गोपाल रेग्मी, कल्पना सुबेदी, कबिता घिमिरे, रबिन्द्र श्रेष्ठले आफ्ना कबिता बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोजक चारै संस्थाहरुले सम्मानित ब्यक्तित्वहरुको सम्मानमा र उपस्थित बिद्वत बर्गलाई दिवा भोजको समेत प्रबन्ध गरेका थिए ।   तस्बिरहरु यसरी आफै बोल्छन :

 














































Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>