(तस्बिर र भिडियोसहित)

काठमाडौं, २८ फागुन (ओएनएस) : गायिका इन्दिरा जोशीले आफ्नो पछिल्लो म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डाका अपमान हुने गरी प्रयोग गरेकी छिन् ।
‘जाउ कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’ बोलको गीतमा इन्दिराले लगाएको लेहेंगामा राष्ट्रिय झण्डा देख्न सकिन्छ ।
इन्दिरा जोशीकै शब्द, संगीत तथा अभिनय रहेको उनको यो भिडियोमा पल शाह र सुमन भट्टराईको पनि भूमिका छ ।
नितिन चन्दको निर्देशनमा बनेको यो म्यूजिक भिडियोमा राष्ट्रिय झण्डासमेत राखेर उत्तम बनेपालीले लेहेंगा डिजाइन गरेका थिए ।
कसरी भयो राष्ट्रिय झण्डाको दुरुपयोग र अपमान ?
कानुनअनुसार राष्ट्रिय झण्डाको प्रतिक लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन पाइँदैन ।‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि – २०६९’ ले शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनैपनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक राख्न निषेध गरेको छ ।
यस्तो छ ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि – २०६९’ मा व्यवस्था

तर म्यूजिक भिडियो चन्दले गीतको शब्द र मर्म अनुसार राष्ट्रिय झण्डा प्रयोग गरिएको बताउँदै भिडियोमा झण्डालाई छातीमाथि नै राखेको बताए ।
रोगजारी या अध्ययनको लागि विदेशिनुपर्ने बाध्यता तथा पीडासँगसँगै राष्ट्रियतालाई गीतको विषयवस्तु बनाइएको छ ।
source : onsnews.com