Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

रेखा थापाले फ्लिमको बीचमै धोका दिइन् निर्देशक भट्टराईलाई

$
0
0
निर्देशक श्याम भट्टराईले रेखा थापाको निर्माणाधीन फिल्म ‘हिम्मतवाली’ छोडेको घोषणा गरेका छन् । भट्टराईले रेखाले आफूलाई आधा बाटोमा पुर्‍याएर धोका दिएको आरोपसमेत लगाए ।

आफ्नो अनुपस्थितिमा रेखाले फिल्म निर्देशन गरेको थाहा पाएलगत्तै श्यामले यो घोषणा गरेका हुन् । काठमाडौंमा स्वास्थ्य लाभ गरिरहेका श्यामले आजैबाट रेखाको फिल्म हिम्मतवालीसँग आफ्नो कुनै सम्बन्ध नरहेको समेत घोषणा गरेका हुन् ।

‘उहाँको भित्री इच्छा फिल्म निर्देशन गर्नुरहेछ । यो कुरा मलाई काठमाडौंमै भनेको भए हुन्थ्यो’, श्यामले भने, ‘तर उहाँ निर्देशन गर्न हिँडेको मान्छे निर्मात्री बनेर लाग्नुभएको छ, जब म काठमाडौं आएँ तब मलाई रेखाले रिप्लेस गरेको कुरा बाहिर आयो, यो सुन्दा मलाई गर्व लाग्यो ।’

रेखा हिम्मतवाली निर्देशक बनेपछि आफूलाई गर्व लागेको बताउँदै श्यामले कडा व्यंग्य गर्न खोजेका छन् । सुदुरपश्चिममा छायांकन भैरहेको फिल्मलाई रेखाले निर्देशन गरिरहेको खबर आएको छ । पारिवारिकरुपमा निकट रेखा र श्यामको दूरी बढेपछि श्यामलाई छविक्याम्पतर्फ मोडिदिएको छ ।

यसको संकेत बुधबार बेलुकाको एक फेसबुक स्टाटसमा देखियो, जहाँ श्यामले छविलाई हृदयदेखि सलाम भन्दै महान निर्माताको संज्ञा दिएका छन् । हिम्मतवालीको यो नाटक जतिबेला पर्दाफास भयो त्यतिबेला काठमाडौं आएका श्यामले बिरामी नभई छाडेर आएको प्रष्टोक्ति दिए ।
- अनलाइनखबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>