Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मकै पोलेर मासिक ३० हजार मेहनत गर्नेलाई सडकमै पैसा

$
0
0
१० असार, काठमाडौं । सडकमा ठूलो भल बग्ने गरी दर्केको पानीले दाउरा भिजायो । ओभानो दाउरा खोज्न जाने ठाउँ छैन । तर, अहिल्यै दाउरा बलेन भने भरे घरमा पनि चुल्हो बल्दैन । त्यसैले झरी थामिएको मौका छोपेर शर्मिला कार्कीले चिसै दाउरा जोरजार गरेर आगो सल्काउनुभयो । मेहनेत लगाएर फुकेपछि भिजेकै भए पनि दाउराले नबली सुखै पाएन । अनि बोराभित्रको हरियो मकै बलेको दाउरामाथि राखेर शर्मिलाले शुरु गर्नुभयो आफ्नो कामको मेलो ।
‘अघि आउँदा त पानी परेको थिएन’ शर्मिलाले भन्नुभयो-’यहाँ आएर टुसुक्क बस्न पाएको थिइँन, पानी दर्कीहाल्यो, अब त पर्दैन कि ।’ दिनभरि झरी पर्यो भने ढुक्कसँग मकै पोल्न पाइँदैन । ‘झरी पर्यो भने त मकै खाने मान्छे पनि आउँदैनन्, मकै पोल्न पनि सकिँदैन’ शर्मिलाले भन्नुभयो । रामेछाप घर भएकी शर्मिलाले ललितपुरको पुल्चोकस्थित सडक पेटीमा यसरी झरी छल्दै मकै पोल्न थालेको धेरै भएको छैन । ‘आ-आफ्नो दुःखपीर बयान गरेर साध्ये छैन बाबु । सुख खोज्दै एकवर्षअघि काठमाडौं आएको थिएँ । वरपरका साथीले गरेको देखेर यही काम थालें’ शर्मिलाले भन्नुभयो । शर्मिला हरेक बिहान उठ्नेबित्तिकै कालिमाटी पुग्नुहुन्छ । त्यहाँबाट होलसेल भाउमा मकै किन्नुहुन्छ । त्यहाँबाट कोठामा पुगेर खाना खाएर पुल्चोकमा पुग्नुहुन्छ । बेलुका अँध्यारो नहुँदासम्म यहीं बस्नुहुन्छ । दिनभरि आगो फुक्नुहुन्छ । ‘घामपानी र धुवाँधुलो भनेर सुख पाइँदैन’ शर्मिलाले भन्नुभयो-’घाम चर्के रापमा बस्न सकिन्न, पानी परे दाउरा नै सल्किँदैन ।’ घामपानी र धुवाँधुलोले सास्ती दिए पनि हरियो मकै पोलेर आम्दानी चाहिँ निकै राम्रो हुन्छ । कालिमाटीमा हरियोमकै किन्दा प्रतिगोटा १०/१२ रुपैंया पर्छ । त्यसलाई सडकमा ल्याएर पोल्दा एउटा घोगा मकैको २० रुपैंया पर्छ । ‘हामीले दाउरा पनि किन्नुपर्छ, नूनखुर्सानी पनि दिन्छौं, एउटा घोगा पोल्न पनि कम दुःख हुँदैन’ शर्मिलाले भन्नुभयो-’२० रुपैंया घटी त दिनै सकिन्न ।’ २० रुपैंयाको हिसाबले दिनमा हजारभन्दा बढी कमाई हुन्छ । शर्मिलाले एक दिनमा कम्तीमा पनि ५० घोगा मकै बेच्नुहुन्छ । ‘दिन पर्यो र पोल्न सकियो भने कमाइ राम्रै हुन्छ’ शर्मिलाले भन्नुभयो-’ठूलो काम गरौं भने पढाइ छैन, काम लगाइदेउ भन्ने मान्छे पनि छैन ।’

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>