२ चैत, काठमाडौं । हिन्दू संस्कृतिमा रंगीन पर्व होलीको धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागू पूणिर्मा एक प्राचीन उत्सव हो । भारत तथा नेपालकै मधेसी समुदायमा होलीलाई तिहारझैं विशिष्ट चाडको रुपमा मनाउने गरिन्छ । आज काठमाण्डौ र पहाडी भेगमा होली मनाइँदै छ भने तराइमा भोलि ।
होलीको पृष्ठभूमिको बारेमा धेरै मान्यता छन् । सत्य युगमा दैत्यराज हिरण्यकशिपुको ज्यादती हार भएको खुसीयालीमा होली मनाउन थालिएको पनि भन्ने गरिन्छ । हिरण्यकशिपु आफ्नो पुरुषार्थमा निकै मात्तिएका थिए । उनले भगवानको अस्तित्व स्वीकारेका थिएनन् । उनका छोरा प्रहृलाद भने भगवान विष्णुका भक्त थिए । उनी भगवानको आलोचना नगर्न पिताजीलाई आग्रह गरिरहन्थे । तर भगवानभन्दा आफू शक्तिशाली भएको घमण्ड गर्ने हिरण्यकशिपु आफ्नै छोराले आफूलाई वास्ता नगरी भगवानको भक्तिभाव देखाएकोमा क्रुद्ध भइरहेका थिए ।
उनले आफूलाई मात्र भगवान मान्न दवाब दिए पनि प्रहृलादले मानेनन् । यसबाट उनी छोराको हत्या गर्ने निष्कर्षमा पुगे । तर पटकपटक प्रयास गर्दा प्रहृलादको हत्या गर्न नसकेपछि उसले आफ्नी बहिनी होलिकाको सहयोग लिने मनसाय बनाए । होलिकाले आफूलाई आगोले डढाउन नसक्ने बरदान पाएकी थिई । दाजुको आदेश एवं वरदानको घमण्डमा उसले प्रहृलादलाई काखमा लिएर आगोको ज्वालामा प्रवेश गरी । तर अग्निदेवले होलिकालाई भष्म पारे तर प्रहृलाद सकुशल रहे ।
यसरी सत्यका अनुयायी एवं भगवानका भक्त प्रहृलादको जित भयो । वरदान र क्षमताको दुरुपयोग गर्ने होलिका, हिरण्यकशिपु दुबैको हार भयो । असत्यको हार र सत्यको विजय भएपछि सिंगो लोक रमाए । प्रहृलादलाई अबीरजात्रासहित सम्मान गरियो । यसरी सोही बेलाको सम्झनामा होली मनाउन थालिएको किंवदन्ती छ ।
अर्को कथन छ । चक्रवर्ती राजा रघुको राज्यमा ढुण्डा नामकी राक्षसी थिई । उसले राति केटाकेटीलाई हरण गर्ने, दुःख दिने गरेको गुनासो आएको थियो । महषिर् नारदको सल्लाहमा सुकेका काठका ठूटाहरु सडकमा लगेर आगो लगाइयो । रक्षामन्त्र पढेर हवन गरियो । सो अग्निलाई स्थानीय सबै केटाकेटीले तीन पटक परिक्रमा गरे । यसरी ती राक्षसीको शक्ति क्षय भयो । यो दिन वसन्त ऋतु सुरु भएको र फागू पूणिर्माकै दिन थियो । यसरी होली पर्व सुरु भएको कथन श्रीकृष्णले युधिष्ठिरलाई बताएको कुरा पुराणमा उल्लेख छ ।
अन्नको भष्म लगाएर सुरु भएको भन्ने कथन पनि किँवदन्तीमा छ । संस्कृतमा भुटेको अन्नलाई होलका भनिन्छ । प्राचीन कालमा फागू पूणिर्माको दिन वैश्यदेव यज्ञ गरिन्थ्यो । यज्ञमा गहुँ, चना, जौजस्ता अन्नको आहुती दिइन्थ्यो । अग्नियज्ञमा चढाएर बनाइएको भष्म टीकाको रुपमा लगाउने गरिन्थ्यो । यही बेलादेखि होली मनाउन थालिएको बताइन्छ ।
कतिपय पौराणिक कथामा रसिक भगवान श्रीकृष्णले वृन्दावनमा आफ्ना गोपिनीहरुसँग रमझम गर्न पनि होलीको चलन थालेको लेखिएको छ ।
खासगरी मैथिली संस्कृतिको उर्वर भूमि धनुषा, महोत्तरी, सिराहा, सप्तरीलगायत मिथिलाञ्चलमा होली धुमधाम मनाइन्छ । यो दिन घर, सडक सबैतिरको फोहोर एक ठाउँमा थुपारी आगो बालिन्छ । सरसफाइको उत्सवको रुपमा पनि मनाइने यो कर्मलाई संमत जलाउने भनिन्छ । अनि आपसी द्धेष, रिस नराखी अवीर, रङ आदि आपसमा दलेर भाइचारा बढाउने गरिन्छ । घरमा फुलौरा, तरुवाजस्ता परम्परागत खानपानले होलीको विशिष्टता कायम राख्दछ । खासगरी पहाडी समुदायको दसैंजत्तिकै महत्वपूर्ण चाड हो तराइ क्षेत्रमा ।
काठमाण्डौका नेवार समुदाय होलीको फरक किंँवदन्ती छ । पौराणिक कालमा सिंह सार्थबाहु नामका व्यापारी धेरैजना साथीहरु लिएर ल्हासा पुगेका थिए । त्यहाँ उनीहरुको व्यापार राम्रै जमेको पनि थियो । तर व्यापारभन्दा पनि स्थानीय तरुनीहरुको मायाजालमा लठि्ठएर सार्थबाहुका साथीहरु घर फर्किन चाहँदैनथे । तर उनी घरको नियास्रोमा परेका थिए ।
सार्थबाहुले नियमित मत्स्येन्द्रनाथको प्रार्थना गरी घर फर्किन पाउँ भन्न थाले । एक रात मत्स्येन्द्रनाथ प्रकट भए र ती तरुनीहरु राक्षसी भएको बताए । त्यसैले फर्किने बेला ती तरुनीहरुलाई पछाडि फर्किएर नहेरी सरासर अघि बढ्न सुझाव दिए । पछाडि हेर्नेलाई ती राक्षसी तरुनीहरुले खाइदिने जानकारी पनि गराए । सार्थबाहुले आफ्ना साथीहरुलाई यही कुरा बताए र घर फर्किन आग्रह गरे । नभन्दै भगवानले दिएको आदेश उल्लघंन गर्ने युवाहरु राक्षसी तरुनीको भोजन भए । तरुनीतिर नहेरी फर्किनेहरु सकुशल काठमाण्डौ घर आइपुगे । यसरी लामो समय हराएका युवाको पुनःआगमन स्वागत गर्दै अवीरजात्रा गरे । यो दिनको सम्झनामा चकद्य यात्रा तथा महोत्सव आयोजना गरी होली मनाउने गरिएको कुरा ‘नेपालका चाडपर्वहरु’ नामक पुस्तकमा उल्लेख छ ।
घटेन लोला आक्रमण
यसैवीच होलीमा राजधानीका युवायुवतीमा लोला आक्रमण विगतमा भन्दा केही कम देखए िपनि विकृति पूर्णरुपमा भने रोकिएन । हुन त, होलीको एक-दुई साताअघि नै काठमाण्डौमा हुने ‘लोला’ आतंक यो वर्ष खासै कम नभएको गुनासो आएको छ ।
‘अस्ति दुई लोला खाइयो’ अनामनगरमा एउटा गैह्रसरकारी संस्थामा कार्यरत शुभेच्छा घिमिरेले भनिन् ।’ नयाँ बानेश्वरकी अनिता दाहाल हिजो क्याम्पसबाट फर्किँदा बर्खे झरीले झैं लोलाले भिजेर निथु्रक्क भइन् । ‘होलीको विकृति कहिले हट्ला ?’ उनले गुनासो गरिन् ।
केही युवायुवतीहरु भने इच्छाविपरीत लोला खाने क्रम घटे पनि नरोकिएको गुनासो गर्छन् । कार्यालय, कलेज पोशाकमा जाँदा वा पार्टी पहिरनमा हिँड्दा लोलाको आक्रमणले यात्रा अवरुद्ध भएको बताउँछन् । कोटेश्वरकी सविना बस्नेत भन्छिन् ‘मलाई होली कहिले पनि नआए हुन्थ्यो जस्तो लाग्छ ।’
सद्भाव र रमाइलोको पर्व होली अहिले काठमाण्डौबासी धेरैका लागि यस्तै आतंकको पर्याय भएको छ । आफ्नो रहर पूरा गर्ने बहानामा अरुलाई जबर्जस्ती पीडावोध गर्नु किमार्थ राम्रो मान्न नसकिने बस्नेत बताउँछिन् ।
अन्य चाडझैं होलीको पनि धार्मिक एवं ऐतिहासिक महत्व छ । नेपाल र भारतमा फागुन शुक्ल अष्टमीका दिन होली मनाइन्छ । नेपालको तराइ र पहाड दुबैतिर एकदिन बिराएर यो चाड मनाउने गरिन्छ ।
तर, मौलिक एवं धार्मिक संस्कृतिका रूपमा मनाइँदै आएका हाम्रा चाडपर्वमा पश्चिमेली प्रभावका कारण त्यसको मूल मर्ममाथि प्रहार भइरहेको छ । होलीको सन्दर्भमा पनि यही भएको छ । सोहीअनुरूप होलीमा पनि धेरैखाले विकृति भित्रिएका छन् । होली आउनुअघि जथाभावी लोला हान्नु, फोहोर पानी छ्याप्नुजस्ता हर्कत काठमाण्डौमा देखिने गरेको छ ।
त्यसो त तराईमा पनि होलीको बेला डढेको मोबिल, मोसो, गि्रज आदि दल्ने गरिएको पाइन्छ । कडा खाले रङ, धूलो मुख र कपालमा दल्ने पनि गरिएको छ । ‘काठमाण्डौमा लोला विकृति छ, तराइमा जथाभावी रंगको’ विराटनगरका सहदेव यादव भन्छन् ‘होलीको विकृति जताततै छ ।’
राजधानीमा युवतीहरु लोला आक्रमणमा बढी पर्ने गरेका छन् । टोल, सडकमा लुकेर फोहोर पानी बेलुन वा प्लाष्टिक झोलामा भरेर हान्ने चलनले होली विकृत बन्दै गएको पाइएको छ । लोला आक्रमणकै कारण विवाद र झैझगडा हुने गरेको पनि पाइन्छ । लोलाको आक्रमणबाट जोगिँदै लुक्दै हिंड्दा सवारी दूर्घटना पनि हुने गरेको छ ।
त्यसैले परम्पराको बहानामा कसैको स्वतन्त्रता खोस्न नहुने घिमिरेको धारणा छ । यो पनि हिंसाको रुप हो । कसैको इच्छाविपरीत लोला हान्नेलाई प्रहरीले समात्ने र सजाय दिने गरेको पनि छ । तर, यस्तो खराब प्रचलनको नियन्त्रणमा प्रहरीमात्र होइन, छरछिमेककै पनि भूमिका हुनुपर्ने उनी बताउँछिन् । भन्छिन् ‘अभिभावकले पनि आफ्ना सन्तानलाई अनुशासन सिकाउनु पर्दछ ।’

- अनलाइनखबर